ad ad

खेल


पाकिस्तानविरुद्ध नेपालको मध्यम सुरुवात, विपिन र देवले सम्हाल्दै

पाकिस्तानविरुद्ध नेपालको मध्यम सुरुवात, विपिन र देवले सम्हाल्दै

फाइल तस्बिर


नेपालखबर
माघ १०, २०८० बुधबार १४:४३, काठमाडौँ

आईसीसी यू–१९ विश्वकप अन्तर्गत पाकिस्तानविरुद्ध पावर प्ले मा नेपालले मध्यम सुरुवात गरेको छ। 

इस्ट लन्डनको वुफेलो पार्कमा टस जितेर ब्याटिङ गरिरहेको नेपालले पावर प्ले मा २ विकेट गुमाएर ५५ रन बनाएर खेलिरहेको छ। 

क्रिजमा विपिन रावल २६ र कप्तान देव खनाल ६ रनमा अविजित छन्। २८ बलको सामना गरेका विपिनले ३ चौका र १ छक्का प्रहार गरे। 

नेपालले पहिलो विकेटको रुपमा ओपनर अर्जुन कुमाललाई गुमाएको थियो।

पाँचौँ ओभरको दोस्रो बलमा अर्जुन १२ बलमा ६ रन बनाउँदा अहमद हुसैनको बलमा बोल्ड आउट भए। यसअघि अर्जुनले न्युजिल्यान्डविरुद्ध ९० रनको उत्कृष्ट पारी खेलेका थिए। 

सातौँ ओभरको पाँचौ बलमा आकाश त्रिपाठी क्याच आउट भए। १० बलमा १ चौका हानेका आकाश मोहम्मद हुसैनकै बलमा क्याच आउट हुन पुगे। 

नेपालले आजको खेलमा जित निकाले सुपर सिक्स सम्भावना बलियो बनाउने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .