ad ad

खेल


अपराजित पुलिस क्लब प्रधानमन्त्री कप क्रिकेटको शीर्ष स्थानमा

अपराजित पुलिस क्लब प्रधानमन्त्री कप क्रिकेटको शीर्ष स्थानमा

नेपालखबर
माघ ८, २०८० सोमबार १८:४०, काठमाडौँ

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा अपराजित रहेको नेपाल पुलिस क्लब अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। 

विभागीय डर्बीमा सोमबार भएको खेलमा पुलिस क्लबले नेपाल एपीएफ क्लबलाई ५८ रनले पराजित गर्‍यो

जारी प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पहिलो हार व्यहोरेसँगै अपराजित रहने पुलिस क्लब एक्लो टोली हो। 

प्रतियोगितामा चार खेलमा अपराजित रहेको पुलिस क्लबले ८ अंक बनाउँदै शीर्ष स्थानमा छ। 

६ खेलबाट चारमा जित र दुईमा हार भोगेको बागमती प्रदेश समान ८ अंक भएपनि रेट रनरेटमा पछि पर्दै दोस्रो स्थानमा छ। समान अंक भएको मधेस तेस्रो स्थानमा छ। 

पराजित एपीएफ समान दुई खेलमा जित र दुई खेलमा हार भोग्दै ४ अंकमा छैटौँ स्थानमा छ। 

पुलिसले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको एपीएफ ३४ ओभरमा ८७ रनमा अलआउट भयो। एपीएफका लागि सन्दीप जोराले २५, अमर राउटेलाले २३ र प्रज्वल शाहीले १३ रन बनाए।

८ ब्याटरले दोहोरो अंक बनाउन सकेनन्। ४ ब्याटर शुन्य रनमा आउट भए। 

त्यसअघि भैरहवाको सिद्धार्थ क्रिकेट स्टेडियममा एपीएफले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पुलिस क्लब ४१ ओभरमा १ सय ४५ रनमा अलआउट भयो। 

पुलिस क्लबका ओपनर दिलीप नाथ ४४ रनमा क्याच आउट भए। अर्जुन साउद ३१ र शंकर राना २२ रनमा आउट भए। कप्तान दिपेन्द्र सिंह ऐरि १५ रनमा आउट भए। अन्यले दोहोरो अंकमा स्कोर छुन सकेनन्। 

एपीएफका लागि भुवन कार्कीले ३ विकेट लिए। १० ओभरमा २ मेडन राख्दै २५ रन खर्चे। अमर राउटेला, रमेश कुर्मीले समान २ विकेट झारे। पुरन विक, रोहित पौडेल र मौसम ढकालले एक एक विकेट आफ्नो नाममा गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .