गायक निर्मल दाहालले खेल र खेलाडीको सम्मानमा खेलकुद गीत ‘हारजित’ सार्वजनिक गरेका छन्।
फरक शैलीका गीत गाइरहेका गायक निर्मलले त्यसैको निरन्तरतास्वरुप ‘जित तिम्रो मान बनोस्, हार तिम्रो ज्ञान बनोस्’ बोलको गीत ल्याएका हुन्।
विभिन्न बहानामा विभाजित हुँदै गएको समाजलाई खेलकुदले एकताको सूत्रमा बाँधिरहेका कारण खेलाडीको सम्मानमा गीत बनाएको निर्मलले बताए।
रचना, सङ्गीत र स्वर निर्मलकै रहेको गीतमा र्यापर सुभम बोहरा (आत्मा) ले साथ दिएका छन्।
गीतको भिडिओमा निर्मलले नेपाली खेलाडी र खेलकुदको सम्मानका लागि विभिन्न खेल प्रतिस्पर्धाका दृश्यहरू कैद गरेका छन्।
भिडिओ लोकेन्द्र सुब्बाले तयार पारेका हुन्। निर्मलले यसअघि पागल, अचेल, जब घामलगायत गीतहरू ल्याएका छन्।
90
Shares
प्रतिक्रिया