ad ad

खेल


महिलातर्फको सेमिफाइनल समीकरण पूरा, गण्डकी र भारतको हरियाणा बाहिरिए

महिलातर्फको सेमिफाइनल समीकरण पूरा, गण्डकी र भारतको हरियाणा बाहिरिए

नेपालखबर
माघ ३, २०८० बुधबार १२:४८, काठमाडौँ

पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगिताको महिलातर्फको सेमिफाइनल समीकरण पूरा भएको छ। 

समूह 'ए' बाट एपीएफ समूह विजेता र नेपाल पुलिस क्लब समूह उपविजेता बन्दै सेमिफाइनमा पुगे। 

समूह 'बी' बाट भने चन्द्रागिरी न्यु डायमण्ड समूह 'ए' को विजेता र आर्मीले समूह उपविजेता बन्दै अन्तिम चारमा स्थान बनाए। 

पोखरा रगंशालास्थित कर्भड हलमा बुधबार भएको खेलमा भारतको हरियाणालाई ३–० को सोझो सेटमा हराउँदै समूह विजेताको रुपमा अन्तिम चारमा स्थान पक्का गरेको हो। 

समूह 'बी' को अन्तिम खेलमा डायमन्डले हरियाणालाई २५–१७, २५–१८ र २५–१६ ले पाखा लगायो। 

यो समूहबाट डायमन्ड समूह विजेता र आर्मी समूह उपविजेताको रुपमा अन्तिम चारमा पुगे। 

बुधबार नै भएको समूह 'ए' को खेलमा घरेलु टोली गण्डकी प्रदेशलाई सोझो सेटमा हराउँदै एपीएफ समूह विजेताको रुपमा अन्तिम चारमा स्थान बनाएको हो। 

एपीएफले गण्डकीलाई २५–१६,२५–९ र २५–१७ को सहज जित निकाल्दै सेमिफाइनलमा स्थान बनायो। 

समूह 'ए' बाट नेपाल पुलिस क्लब समूह उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनायो। 

एपीएफले ३ खेलबाट ५ अंक बनायो। दोस्रो स्थानमा रहेको पुलिस क्लबको चार अंक छ। 

प्रतियोगितामा हार मात्रै सामना गरेको गण्डकी अंकविहीन हुँदै बाहिरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .