प्रधानमन्त्री कप महिला टी २० क्रिकेट प्रतियोगिताको एलिमिनेटरमा बागमती प्रदेशले सुुदूरपश्चिम प्रदेशसामु १ सय रनको लक्ष्य प्रस्तुत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको बागमती १९ ओभरमा ९९ रन बनाउँदा अलआउट भयो।
कन्चन श्रेष्ठले बनाएको ३६ रन नै बागमतीका लागि सर्वाधिक रह्यो। ४६ बलको सामना गरेका कन्चन ५ चौका प्रहार गर्दा रितु कनौजियाको बलमा बोल्ड आउट भईन्।
सोनी पाख्रिनले १४, रन थपिन्। हेलिसा गुरुङ र खुसी डंगोलले समान १० रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
सुदूरपश्चिमका लागि करिस्मा थापाले ३ विकेट लिईन्। लक्ष्मी साउद र रितु कनौजियाले समान २ विकेट लिए।
यो खेलको विजेताले दोस्रो क्वालिफायर खेलमा कोशी प्रदेशसँग खेल्नेछ।
21
Shares
प्रतिक्रिया