ad ad

खेल


एनएसएल फाइनल : पहिलो हाफमा ललितपुर र धनगढी बराबर

एनएसएल फाइनल : पहिलो हाफमा ललितपुर र धनगढी बराबर

तस्बिर : सरोज नेपाल


नेपालखबर
पुस १४, २०८० शनिबार १८:३८, काठमाडौँ

नेपाल सुपर लिग एनएसएलको फाइनलमा ललितपुर सिटी एफसी र धनगढी एफसीले बराबरी खेलेका छन्। 

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलको पहिलो हाफ सकिदा ललितपुर र धनगढी १–१ को अवस्थामा छन्। पहिलो हाफमो इन्ज्युरी समयको अन्तिम मिनेटमा ललितपुर खेलमा फर्किएको हो। 

इमो इजेकीको फ्रिकीक सिधै गोलमा परिणत भएपछि ललितपुर बराबरीमा आएको हो। 

त्यसअघि खेलको ३८ औं मिनेटमा ललितपुरविरुद्ध धनगढीले सुरुआती अग्रता बनायो। आदित्य चौधरीको लामो प्रहार अहमद हिजाजीले नियन्त्रणमा लिदै गरेको प्रहार ललितपुरका गोलरक्षक जेफ्री विली मार्सेलले नियन्त्रणमा लिन नसकेको बललाई अफिज ओलावालेले पोष्टको दिशा दिए। 

३५ औं मिनेटमा दिनेश हेन्जनको फ्रिकीक सेकेण्डबारको नजिकबाट बाहिरिँदा ललितपुरले अग्रता बनाउने मौका गुमायो।

१७ औं मिनेटमा ललितपुरका आदित्य शाक्यको क्रसमा पापाको प्रहार गोलरक्षक मोहम्मद ताहाले क्लीयर गरे त्यसकै रिबाउण्डमा इमोले बललाई पोष्टको जाली चुमाएपनि रेफ्रिीले त्यसअघि नै फाउल दिइसकेका थिए। 

१६ औं मिनेटमा धनगढीका अहमद हिजाजीले अघि बढाएको बललाई पेनाल्टी एरियाबाट ललितपुरका डिफेन्डरले क्लीयर गरे। 

१३ औं मिनेटमा कमल श्रेष्ठको कर्नर सिधै ललितपुरका गोलरक्षक जेफ्रि विली मार्सेलको हातमा पुग्यो। 

साविक उपविजेता धनगढी पहिलो पटक उपाधि जित्ने लक्ष्यमा छ। यता पहिलो पटक फाइनल पुगेको ललितपुर पहिलो प्रयासमा नै उपाधि जित्ने योजनामा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .