ad ad

खेल


वल्भ्सको घरेलु मैदानमा चेल्सी पराजित

वल्भ्सको घरेलु मैदानमा चेल्सी पराजित

फाइल तस्बिर


नेपालखबर
पुस ९, २०८० सोमबार ९:६, काठमाडौँ

इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा वल्भ्सले चेल्सीलाई २-१ गोल अन्तरले पराजित गरेको छ। 

वल्भ्सले आफ्नो घरेलु मैदानमा चेल्सीलाई पराजित गरेको हो।

खेलमा ५१औं मिनेटमा मारियो लेमिनाको गोलबाट वल्भ्सले अग्रता लिएको थियो। इन्जुरी समयको तेस्रो मिनेटमा म्याट वल्भ्सकै डोहोर्टीले गोल गर्दै अग्रता दोब्बर पारे।

चेल्सीका वैकल्पिक खेलाडी क्रिस्टोफर एनकुन्नुकले इन्जुरी टाइमको छैटौं मिनेटमा एक गोल फर्काए। तर त्यो गोल चेल्सीको हार टार्न पर्याप्त हुन सकेन।

वल्भ्ससँग पराजित भएपछि चेल्सीका प्रशिक्षक माउरिसियो पोचेटिनोले आफू अहिले नै निराश नभएको बताए। उनले चेल्सीले योभन्दा राम्रो गर्न सक्ने दाबी गरे।

यस सिजनको आठौं हारपछि चेल्सी १८ खेलबाट २२ अंकसहित दशौँ स्थानमै छ। वल्भसको पनि समान २२ अंक नै भए पनि गोल अन्तरमा चेल्सीभन्दा एक स्थान पछि छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .