ad ad

खेल


लुइस स्वारेजले फेरि मेस्सीसँगै खेल्ने

लुइस स्वारेजले फेरि मेस्सीसँगै खेल्ने

नेपालखबर
पुस ८, २०८० आइतबार १२:३६, काठमाडौँ

उरूग्वेका फरवार्ड लुइस सुआरेज र अर्जेन्टिनी स्टार लियोनल मेस्सी फेरि सँगै खेल्ने भएका छन्। 

सुआरेज अमेरिकी मेजर लिग सकर टोली इन्टर मियामीमा अनुबन्ध भएसँगै फेरि सँगै खेल्ने भएका हुन्।

मियामीमा सुआरेज र मेस्सीसँगै सर्जियो बुस्केट्स र जोडी अल्बा पनि एकै क्लबकाट खेल्नेछन्। 

आफ्नो पुस्ताका सर्वोत्कष्ट फरवार्डमध्येका एक सुआरेजले २०१५ र २०१९ बीच मेस्सी, बुस्केट्स र अल्बासँगै बार्सिलोनामा चार ला लिगा उपाधि जितेका थिए। 

३६ वर्षीय सुआरेज यसअघि ब्राजिलियन क्लब ग्रेमियोबाट व्यवसायिक लिग खेलेका थिए।

ग्रेमियोले २०२३ को सिजनमा ब्राजिलको सिरी ए मा दोस्रो स्थान हासिल गरेको थियो। जसमा उनी लिगको सर्वोत्कृष्ट खेलाडी पनि बने। 

मियामी पुगेपछि सुआरेजले भने, 'नयाँ चुनौती लिन पाउँदा खुसी र उत्साहित छु। नयाँ साथी र प्रशिक्षकलाई भेट्न पाउँदा उत्साहित छु।'

मियामीका मालिक जोर्गे मासले पनि सुआरेजलाई क्लबमा भित्राउन पाएकोमा खुसी व्यक्त गर्छन्। 

नासिओनल, अजाक्स र एथलेटिको मड्रिडसँग लिग उपाधि जितिसकेका सुआरेजले ३३ खेलमा १७ गोल गरेछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .