पूर्व युवराज्ञी हिमानी शाह नेपाल सुपर लिग (एनएसएल) हेर्न दशरथ रंगशाला पुगेकी छिन्।
त्रिपुरेश्वरस्थित रंगशालामा जारी एनएसएल अन्तर्गत शनिबार भएको ललितपुर सिटी एफसी र काठमाडाँ रेजर्सबीचको खेल हेर्न उनी छोरासहित पुगेकी हुन्।
तत्कालीन युवराज पारस शाहसँग २०५६ माघ ११ गते विवाह गरेकी हिमानीका एक छोरा र दुई छोरी छन्।
गत मंसिर ८ गतेदेखि सुरु भएको नेपाल सुपर लिग आगामी पुस २१ गतेसम्म जारी रहनेछ।
1.1k
Shares
प्रतिक्रिया