ad ad

खेल


च्याम्पियन्स लिगको अन्तिम १६ मा बार्सा र नापोली भिड्ने, सिटीलाई सजिलो चुनौती

च्याम्पियन्स लिगको अन्तिम १६ मा बार्सा र नापोली भिड्ने, सिटीलाई सजिलो चुनौती

नेपालखबर
पुस २, २०८० सोमबार १७:५८, काठमाडौँ

यस सिजनको युरोपेली च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको अन्तिम १६ को ‘ड्र’ सार्वजनिक भएको छ।

सोमबार सार्वजनिक ‘ड्र’ अनुसार स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब नापोलीसँग भिड्ने भएको छ।

उता डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले सहज चुनौती पाएको छ। सिटीले डेनमार्कको एफसी कोपनहेगनसँग अन्तिम १६ मा खेल्ने भएको छ।

उता अर्को इङ्लिस क्लब आर्सनलले पोर्चुगिज क्लब एफसी पोर्टोलाई अन्तिम १६ मा चुनौतीका रुपमा पाएको छ।

अर्कातिर फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले तुलनात्मक रुपमा सहज प्रतिद्वन्द्वी पाएको छ। उसले अन्तिम १६ मा स्पेनिस क्लब रियल सोसिडाडसँग प्रतिस्पर्धा गर्ने भएको छ।

उता इटालियन सिरि ए क्लब इन्टर मिलानले स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग खेल्नेछ। यी दुई क्लबबीचको प्रतिस्पर्धा रोचक हुने आकलन गर्न सकिन्छ।

जर्मन क्लब बोरुसिया डर्टमण्डले नेदरल्यान्ड्सको पीएसी इन्दोभेनसँग प्रतिस्पर्धा गर्ने भएको छ।

उता इटालियन क्लब लाजियोले जर्मन च्याम्पियन बायर्न म्युनिखसँग भिड्नुपर्ने भएको छ। जर्मन क्लब आरबी लाइपेजिगले स्पेनिस क्लब रियल मड्रिड प्रतिद्वन्द्वी पाएको छ।

युईएफएका अनुसार अन्तिम १६ को पहिलो लेगको खेल आगामी फेब्रुअरी १३, १४ र २०,२१ मा हुनेछन्। त्यसपछि दोस्रो लेगका खेल मार्च ५,६ र १२, १३ का लागि तय भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .