ad ad

खेल


विश्वकपअघि यू–१९ टोलीले वेस्ट इन्डिज र स्कटल्यान्डसँग ‘वार्मअप म्याच’ खेल्ने

विश्वकपअघि यू–१९ टोलीले वेस्ट इन्डिज र स्कटल्यान्डसँग ‘वार्मअप म्याच’ खेल्ने

नेपालखबर
मंसिर २६, २०८० मंगलबार १४:४६, काठमाडौँ

नेपालको यू–१९ राष्ट्रिय क्रिकेट टोलीले अर्को महिना दक्षिण अफ्रिकामा हुने आईसीसी यू–१९ विश्वकपअघि वेष्ट इण्डिज र स्कटल्याण्डसँग खेल्ने भएको छ। 

आईसीसीले सार्वजनिक गरेको वार्मअप खेलमा नेपालले आगामी पुस २८ गते स्कटल्यान्डसँग खेल्नेछ। दोस्रो वार्मअप खेलमा माघ १६ गते वेष्ट इण्डिजसँग खेल्ने तालिका छ। 

विश्वकप अघिको एसिया कपमा नेपाल समुह चरणबाटै बाहिरिएको छ। 

एसिया कपलाई नेपाली युवा टोलीले विश्वकपको तयारीको रुपमा हेरेको थियो। 

एसिया कपमो समुह ए मा रहेको नेपालले पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र अफगानिस्तानसँग ७३ रनको फराकिलो अन्तरले पराजित भएको थियो। समुह चरणको अन्तिम खेलमा मंगलबार भारतसँग १० विकेटको फराकिलो हार व्यहोरेको थियो। 

विश्वकप आगामी माघ ५ देखि २८ गतेसम्म दक्षिण अफ्रिकामा हुनेछ। 

नेपाल रहेको समूह डीमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन्। 

समुह चरणको पहिलो खेलमा नेपालले माघ ७ गते न्युजिल्यान्डसँग खेल्नेछ। १० गते पाकिस्तान र समुह चरणको अन्तिम खेलमा माघ १२ गते अफगानिस्तानसँग खेल्नेछ। 

समूह ए मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन्। समूह बी मा इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र स्कटल्यान्ड तथा समूह सी मा अष्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .