ad ad

खेल


यू–१९ एसिया कप : नेपालले भारतलाई दियो ५३ रनको झिनो लक्ष्य

यू–१९ एसिया कप : नेपालले भारतलाई दियो ५३ रनको झिनो लक्ष्य

नेपालखबर
मंसिर २६, २०८० मंगलबार १३:२५, काठमाडौँ

राज लिम्बानीको घातक बलिङमा एसीसी यू–१९ एसिया कपमा नेपाल भारतसँग ५२ रनमा अलआउट भएको छ। 

दुबईको आईसीसी एकेडेमी ओभल–२ मा भारतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल २२.१ ओभरमा ५२ रनमा अलआउट भयो। 

भारतविरुद्ध लज्जास्पद ब्याटिङ गरेको नेपालका कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

हेमन्त धामीले बनाएको ८ रन नै नेपालका लागि सर्वाधिक रह्यो। आकाश चन्द ४ रनमा नटआउट रहे। 

ओपनर अुर्जन कुमाल र दिपक बोहोराले बनाएको ७ रन थपे। गुल्सन झा र दिपेश कँडेलले समान ४ रन थपे। कप्तान देव खनाल र सुवास भण्डारी समान २ रनमा क्याच आउट भए।

नेपाली ब्याटर भारतिय बलरसामु लामो समय क्रिजमा टिक्न सकेनन्। ओपनर दिपक बोहोरा १ रनमा क्याच आउट भए। उत्तम थापा मगर शुन्य रनमा आउट भए। दिपक डुम्रे गोल्डेन डगआउट भए। 

नेपालले यू–१९ क्रिकेट इतिहासमा गरेको यो अहिलेसम्मकै खराब प्रदर्शन हो। यसअघि सन् २००८ मा नेपाल वेष्ट इण्डिविरुद्ध ७४ रनमा अलआउट भएको थियो। 

भारतका राज लिम्बानी एक्लैले ७ विकेट लिए। घातक बलिङ गरेका राजले ९.१ ओभरमा ३ मेडन राख्दै मात्र १३ रन दिए। आराध्या शुक्लाले दुई विकेट लिए। अर्सिन कुलकर्नीको नाममा एक विकेट रह्यो। 

नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र अफगानिस्तानसँग ७३ रनको फराकिलो अन्तरले पराजित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .