ad ad

खेल


सकंटकाबीच उत्तमको अर्धशतक

सकंटकाबीच उत्तमको अर्धशतक

नेपालखबर
मंसिर २२, २०८० शुक्रबार १४:१४, काठमाडौँ

अलराउण्डर उत्तम थापा मगरले एसीसी यू–१९ एसिया कपमा पाकिस्तानविरुद्ध अर्धशतक पूरा गरेका छन्।

उत्तमले ३८.३  ओभरमा ७० बलमा ३ चौका र २ छक्का हान्दै अर्धशतक पूरा गरे।  

दुबईको आइसीसी एकेडेमी ओभल २ मा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले ३९ औं ओभरको खेल जारी रहँदा ८ विकेटको क्षतिमा मात्र १ सय ३२ बनाएर खेलिरहेको छ।

१७ ओभरको समाप्तीमा ४६–५ को संकटपुर्ण अवस्थामा रहेको नेपालका लागि दिपेश कँडेल र उत्तम थापा मगरले नेपालको इनिङस् सम्हालेका थिए।

छैटौं विकेटका लागि उत्तम थापा मगर र दिपेश कडेलले १ सय बलमा ६८ रनको साझेदारी गर्दै नेपालको इनिङस् उकासेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .