ad ad

खेल


बुटवल लुम्बिनी एफसी र एफसी चितवनले अंक बाँडे

बुटवल लुम्बिनी एफसी र एफसी चितवनले अंक बाँडे

तस्बिर : सरोज नेपाल


नेपालखबर
मंसिर २१, २०८० बिहिबार १९:८, काठमाडौँ

बुटवल लुम्बिनी एफसी र एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) मा अंक बाँडेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बिहिबार भएको खेलमा चितवन र बुटवलले १–१ को बराबरी गर्दै अंक बाँडेका हुन्।

खेलको दोस्रो हाफमा सुरुआती अग्रता बनाएको चितवनले त्यसलाई जोगाउन नसक्दा बुटवलसँग अंक बाँड्न बाध्य भयो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै गोल दोस्रो हाफमा भयो।

इन्ज्युरी समयको पहिलो मिनेटमा नै स्टेफन समिरको गोलमा बुटवल बराबरीमा आएको थियो।

चितवनका दुई डिफेन्डर र गोलरक्षक विशाल श्रेष्ठको तालमेल नमिल्दा स्टेफनले खाली पोष्टमा गोल गरे।

त्यसअघि खेलको ४९ औं मिनेटमा रफीक अमिनुको प्रहारले सिधै पोष्टको जाली चुम्न पुग्यो। बुटवलका गोलरक्षक मोहमोदोउ रिलिज गरेको बललाई रफिकले नियन्त्रणमा लिर्दै पोष्टको गति दिदा मोहमोदोउले बललाई जज गर्नै सकेनन्।

४७ औं मिनेटमा पोष्टको नजिकबाट एकराज बुढाथोकीको फितलो प्रहार सिधै बुटवलका गोलरक्षकको हातमा पुग्यो।

६३ औं मिनेटमा बुटवलका कप्तान एरिक विष्टको कर्नरमा जिलेस्पी जंग कार्कीको फिलतो प्रहार पहिलो बारको नजिकबाट बाहिरियो। ७८ औं मिनेटमा टोरिकको प्रहार गोलरक्षकले बचाए।

८३ औं मिनेटमा बुटवलका स्टेफन समिरको प्रहार पहिलो बारको नजिकबाट बाहिरिदा बराबरीको सुन्दर मौका गुमायो।

पहिलो हाफको १४ औं मिनेटमा टोरीक जेव्रिनको कर्नर बुटवलका गोलरक्षक टोरीक मोहमदउले पन्च गर्दै जोगाए। १९ औं मिनेटमा चितवनका अफ्रिइ एसीको फ्रिकीक प्रहार सिधै गोलक्षकको हातमा पुग्यो। त्यसको एक मिनेटमा नै स्टेफन समिर विनोङको प्रहार चितवनका गोलरक्षक विशाल श्रेष्ठले जोगाए।

२३ औं मिनेटमा चितवनका विमल घर्तिमगरको प्रहार पोष्टको नजिकबाट बाहिरियो।

४३ औं मिनेटमा टोरिकको पासमा विमल घर्तिमगरको प्रहार पहिलो बार नजिकबाट बाहिरिदा चितवनले अग्रता बनाउने मौका गुमायो।

लिगमा भोलि शुक्रबार विरगञ्ज युनाइटेड र झापा एफसी भिड्नेछन्। सो खेल साँझ ५ बजे सुरु हुनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .