ad ad

खेल


एनएसएलमा आज चितवन र बुटवल भिड्दै, दुवै टोली दोस्रो जितको खोजीमा

एनएसएलमा आज चितवन र बुटवल भिड्दै, दुवै टोली दोस्रो जितको खोजीमा

नेपालखबर
मंसिर २१, २०८० बिहिबार १५:४६, काठमाडौँ

नेपाल सुपर लिग (एनएसएल) मा आज (बिहीबार) एफसी चितवन र बुटवल लुम्बिनी एफसी भिड्दै छन्।

खेल दशरथ रगंशालामा साँझ ५ बजे सुरु हुनेछ। 

बुटवल र चितवन दुवै टोली दोस्रो जितको खोजीमा मैदान उत्रनेछन्।

चितवन विशाल श्रेष्ठ र बुटवल एरिक विष्टको कप्तानीमा भिड्नेछन्। 

लिगको पाँचौँ स्थानमा रहेको चितवनले एक खेलमा जित, एक खेलमा हार र एक खेलमा बराबरी गरेको छ। लिगमा ४ अंक जोडेको चितवन दुई स्थान सुधार गर्ने योजनामा हुनेछ। 

उता एक खेलमा जित र दुई खेलमा हार भोगेको बुटवल दोस्रो जित हासिल गर्ने योजनामा हुनेछ। बुटवलले ३ खेल सकिँदा अंक तालिकामा ३ अंक मात्र जोडेको छ। 

अघिल्लो खेलमा स्पोर्टिङ इलाम डी मेचीलाई २–१ ले हराउँदै बुटवलले पहिलो जित हासिल गरेको थियो। बुटवल चितवनलाई हराउँदै तीन स्थान सुधार गर्ने दाउमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .