ad ad

खेल


केपी ओली कप : पुलिसविरुद्ध जितका बाबजुद सुदूरपश्चिम सेमिफाइनल पुग्नबाट बञ्चित

केपी ओली कप : पुलिसविरुद्ध जितका बाबजुद सुदूरपश्चिम सेमिफाइनल पुग्नबाट बञ्चित

नेपालखबर
मंसिर १२, २०८० मंगलबार १३:०, काठमाडौँ

पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबसविरुद्ध जित हात पारेपनि सुदूरपश्चिम प्रदेश सेमिफाइन पुग्नबाट बञ्चित भएको छ।

मंगलबार पोखरामा भएको खेलमा पुलिस क्लबलाई ४ विकेटले पराजित गरेपनि सुदूरपश्चिम नेट रनरेटमा पछि पर्दै सेमिफाइनल पुग्न नसकेको हो।
समूह सी बाट मधेश प्रदेश सेमिफाइलमा पुगेको छ।

समूह सी का मधेश प्रदेश, पुलिस क्लब र सुदूरपश्चिम तीनै टोलीको समान २ अंक छ। समान २ अंक भएपनि नेट रनरेटमा मधेश प्रदेश अघि रहँदै सेमिफाइनलमा पुगेको हो।

मधेसले समूह चरणको खेलमा सुदूरपश्चिमलाई ८ विकेटले पराजित गरेको थियो। पुलिस क्लबले भने मधेशलाई ५७ रनले हराएको थियो।

योसँगै सेमिफाइनलमा पुग्ने तीन टोलीको टुङ्गो लागिसकेको छ। समूह ए बाट बागमती प्रदेश, समूह बी बाट एपीएफ र सी बाट मधेशले अन्तिम चारमा स्थान बनाइसकेका छन्।

अब समूह डी मा रहेका आर्मी, आयोजक निलो र प्रदेश १ मध्य १ टोलीले सेमिफाइनलमा स्थान पक्का गर्नेछन्।

पुलिस क्लबले दिएको १ सय ५९ रनको लक्ष्य सुुदूरले १८.४ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो।

सुदूरका लागि किरण थगुन्नाले अर्धशतक प्रहार गरे। ३४ बलमा ४ चौका र २ छक्का हानेका किरण ५१ रनमा नटआउट रहे।

नरेन साउदले ३९ रन थपे। कप्तान राजु रिजालले १९ र नारायण जोशीले १७ रन थपे। वसन्त कार्कीले १५ रन बनाए।

पुलिस क्लबका रसिद खानले तीन विकेट दिए। सुनिल धमाला र सागर ढकालले समान एक विकेट लिए।

त्यसअघि पोखरा रगंशालाभित्र रहेको क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपाल पुलिस क्लबले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ५८ रनको योगफल तयार पारेको हो।

पुलिस क्लबका लागि कुशल भुर्तेलले ६७ रनमा क्याच आउट भयो। ५१ बलमा ५ चौका र ५ छक्का प्रहार गरे। सुनिल धमालाले ४२ रन थपे। अर्जुन साउदले २० रन बनाए।

सुदूरका लागि विकास आग्रीले २ तथा भोजराज भट्ट र वसन्त कार्कीले समान एक विकेट झारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .