एक दिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाका ब्याटर ट्राभिस हेडले शतक पूरा गरेका छन्। सुरुमै धरमराएको इनिङ सम्हाल्दै ट्राभिसले ९५ बलमा शतक पूरा गरेका हुन्। यसक्रममा उनले १४ चौका र एक छक्का प्रहार गरेका छन्।
उनले मार्नस लावुस्चेनसँग १४४ रनको साझेदारी गरेका छन्। यो साझेदारी नै भारतका लागि महंगो पर्ने देखिएको छ।
भारतले जितका लागि २४१ रनको लक्ष्य प्रस्तुत गरेको छ। अस्ट्रेलिया विश्वकप फाइनलको उपाधि नजिक पुगेको छ।
३५ औं ओभरको खेल सकिँदा अस्ट्रेलियाले ३ विकेटको क्षतिमा १९२ रन बनाएको छ।
मंसिर ३, २०८०, आइतबार
108
Shares
प्रतिक्रिया