एक दिवसीय विश्वकप क्रिकेटमा भारतविरुद्ध ब्याटिङ गरिरहेको अस्ट्रेलियाले सय रन पूरा गरेको छ।
२० औं ओभरमा अस्ट्रेलियाले सय रन पूरा गरेको हो। अस्ट्रेलियाले तीन विकेट गुमाएको छ।
अब विश्वकप उपाधि जित्न अस्ट्रेलियालाई १४१ रन आवश्यक छ।
४४ रन बनाएका ट्राभिस हेड र १७ रन बनाएका मार्नस लाबुसचेन क्रिजमा छन्। उनीहरूले ५६ रनको साझेदारी गर्दै टोलीलाई अगाडी बढाइरहेका छन्। भारतले अस्ट्रेलियालाई २४१ रनको चुनौती दिएको छ।
मंसिर ३, २०८०, आइतबार
171
Shares
प्रतिक्रिया