विश्वकपको उपाधिका लागि जवाफी ब्याटिङ गरिरहेको अस्ट्रेलियाले दोस्रो विकेट गुमाएको छ। घरेलु टोली भारतले दिएको २४१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाका मिचेल मार्स १५ बलमा १५ रन जोड्दै आउट भएका हुन्।
उनलाई जसप्रित बुम्राहको बलमा विकेटकिपर केएल राहुलले क्याच गरेका हुन्। यसअघि ओपनर डेविट वार्नर ७ रनमै आउट भएका थिए।
५ ओभरको खेल सकिँदा अस्ट्रेलियाले २ विकेटको क्षतिमा ४१ रन बनाएको छ। अब अस्ट्रेलियालाई जितका लागि ४५ ओभरमा २ सय रन आवश्यक छ।
मंसिर ३, २०८०, आइतबार
135
Shares
प्रतिक्रिया