ad ad

खेल


विराटको कीर्तिमानी शतकमा न्युजिल्यान्डसमक्ष भारतद्वारा ३९८ रनको लक्ष्य प्रस्तुत

विराटको कीर्तिमानी शतकमा न्युजिल्यान्डसमक्ष भारतद्वारा ३९८ रनको लक्ष्य प्रस्तुत

नेपालखबर
कात्तिक २९, २०८० बुधबार १८:१०, काठमाडौँ

आईसीसी एकदिवसीय विश्वकपको सेमिफाइनलमा भारतले न्युजिल्यान्ड समक्ष ३९८ रनको लक्ष्य प्रस्तुत भएको छ।

मुम्बईको वानखडे स्टेडियममा भएको खेलमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३९७ रन बनायो। 

खेलमा भारतका शुभमन गिल ६५ बलमा ७९ रन बनाउँदै रिटाउर्ड हर्ट भए। उनलाई खेल खेल्न गाह्रो भएसँगै पेभेलियन फर्किएका थिए।

कप्तान रोहित शर्माले ४७ रन जोड्दै उत्कृष्ट सुरुवाती दिलाए।

विराट कोहलीले ११३ बलमा ११७ रनको उत्कृष्ट साझेदारी गरे। यही खेलबाट कोहलीले सचिन तेन्दुलकरको विश्व कीर्तिमानी रेकर्ड ब्रेक समेत गरेका छन्। 

शर्मा केन विलियम्सनबाट लङअफमा क्याच आउट भए।

पहिलो विकेटका लगि रोहित र गिलले ९.२ ओभरमा ७१ रनको साझेदारी गरेका थिए। दोस्रो विकेटका लागि गिल र बिराट कोहलीले ९३ रनको साझेदारी गरेका थिए।

आईसीसी प्रतियोगितामा हालसम्म दुई टोलीबीच १० खेल भएका छन्, जसमध्ये ८ खेलमा न्युजिल्यान्ड विजयी भएको छ। यद्यपि लिग चरणमा भारतले धर्मशालामा न्यूजिल्यान्डलाई हराएको थियो, जुन २००३ को विश्वकपपछि पहिलोपटक थियो। 

अहिले भारतसँग इंग्ल्यान्डमा सन् २०१९ को विश्वकपको सेमिफाइनलमा भएको हारको बदला लिने अवसर हो। यस मैदानमा खेलेका २१ खेलमध्ये भारतीय टोलीले १२ खेल जितेको छ भने ९ खेलमा हार बेहोरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .