ad ad

खेल


यूएईसँगको खेलअघि नेपालका प्रशिक्षक भन्छन्– राम्रो टोली हो, तर डराएका छैनौं

टिमको रक्षा गर्न तत्पर छु : कप्तान लिम्बू
यूएईसँगको खेलअघि नेपालका प्रशिक्षक भन्छन्– राम्रो टोली हो, तर डराएका छैनौं

नेपालखबर
कात्तिक २९, २०८० बुधबार १६:५, काठमाडौँ

फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत भोलि (३० कार्तिक) मा नेपाल र यूएईबीचको खेल हुँदैछ। दुबईमा हुने यो खेलका लागि नेपाली टोली त्यहाँ पुगिसकेको छ। 

खेलअघि बुधबार भएको पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आफूहरूले राम्रो तयारी गरेको दाबी गरेका छन्। 

यूएई राम्रो टोली भएपनि अहिलेको नेपाली टोलीमा युवाको बाहुल्यता भएको भन्दै नडराएको बताएका छन्।

‘हाम्रो टोलीमा युवा खेलाडीहरूको बाहुल्यता छ। त्यसैले यो टोलीमा जोश छ। प्रशिक्षकको रुपमा आफू हुँदैगर्दा नेपाली टोलीले धेरै बलिया टिमसँग खेलेको अनुभव आफूसँग भएको भन्दै उनले यूएईपनि बलियो टोली भएको बाए। 

‘यूएई पनि राम्रो टोली हो तर डराएका छैनौं,’ उनले भनेका छन्, ‘म यसलाई हरेक पटक आउने नयाँ चुनौतीको रुपमा लिन्छु।’

साथै, उनले यूएईको नाम चलेका पोर्चुगीज प्रशिक्षकसँग मैदानमा आमने सामने हुने पनि जानकारी गराए। 

‘भोली हामी आफ्नो खेलमा गम्भीर हुनेछौं, उत्कृष्ट प्रदर्शन गर्नेछौं,’ उनले भने। 

टिमको रक्षा गर्न तत्पर छु : कप्तान लिम्बू
त्यस्तै, नेपाली टोलीका कप्तान तथा गोलरक्षक किरण कुमार लिम्बूले आफ्नो टिको रक्षाका लागि तत्पर रहेको बताएका छन्। 

उनले भने, मैले आफ्नो करियरमा धेरै राम्रा खेलाडीहरूसँग खेल्ने मौका पाएको छु। पछिल्लो विश्वकप छनोटमा पनि अस्ट्रेलियन टिमसँग पनि खेलेको अनुभव छ,’ उनले भने, ‘जहाँ मैले धेरै राम्रा खेलाडीहरूसँग खेल्ने मौका पाएँ। म आफ्नो टिमको रक्षा गर्न तत्पर छु।’

उनी विगत १६–१७ वर्षदेखि नेपाली टोलीबाट खेल्दै आएका छन्।

विश्वकप एसिया छनोटको दोस्रो चरणको समूह ‘एच’ मा रहेको नेपालको समूहमा यूएई, बहराइन र यमन छन्। विश्वकप छनोटको पहिलो चरणमा नेपालले लाओसलाई पराजित गर्दै दोस्रो चरणमा छनोट भएको थियो। 

नेपालले यूएईसँग भोली दुबईमा खेल्दैछ भने त्यसपछि नेपालले आगामी मङ्सिर ५ गते दशरथ रङ्गशालामा यमनसँग खेल्नेछ।

यूएईसँग खेल्ने नेपाली टोली:

किरणकुमार लिम्बू, दीप कार्की, अभिषेक बराल, सनिश श्रेष्ठ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, ऐरिक विष्ट, र छिरिङ लामा, योगेश गुरुङ, लकेन लिम्बू, उत्सव राई, क्रितिश रत्न छुन्जु, मनिष डाँगी, सेसेहाङ आङदाम्बे, निशान हमाल, अञ्जन विष्ट, आयुष घलान, जिलेस्पी जङग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट र राजेश परियार।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .