ad ad

खेल


न्युजिल्यान्डविरुद्ध टस जितेर ब्याटिङमा उत्रियो भारत

न्युजिल्यान्डविरुद्ध टस जितेर ब्याटिङमा उत्रियो भारत

नेपालखबर
कात्तिक २९, २०८० बुधबार १४:३८, काठमाडौँ

आईसीसी एकदिवसीय विश्वकपको सेमिफाइनल खेलमा भारतले टस जितेर ब्याटिङ रोजेको छ। मुम्बईको बानखडे स्टेडियममा भारतका कप्तान रोहित शर्माले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन्।

जारी खेलमा भारतका कप्तान शर्मा र शुभमन गिल ब्याटिङ गरिरहेका छन्। 

समूह चरणको एक मात्र अपराजित भारत सबै ९ खेल जितेर फाइनलमा पुगेको हो।

यो खेल भारतलाई २०१९ विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डसँग हारको बदला लिने अवसर हुनेछ।

तर, विश्वकपलगायतका आईसीसी प्रतियोगितामा भारतविरुद्ध न्युजिल्यान्डको रेकर्ड निकै राम्रो छ।

हालसम्म आईसीसी प्रतियोगितामा भारत र न्युजिल्यान्डबीच १० खेल भएका छन्, जसमध्ये ८ खेलमा न्युजिल्यान्ड विजयी भएको छ।

यद्यपि लिग चरणमा भारतले धर्मशालामा न्यूजिल्यान्डलाई हराएको थियो, जुन २००३ को विश्वकपपछि पहिलोपटक थियो। 

भारतले जारी विश्वकपको लिग खेलमा सबै ९ खेल जितेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .