ad ad

खेल


सरकारी हस्तक्षेपपछि श्रीलंका क्रिकेट बोर्ड आईसीसीको निलम्बनमा

सरकारी हस्तक्षेपपछि श्रीलंका क्रिकेट बोर्ड आईसीसीको निलम्बनमा

नेपालखबर
कात्तिक २४, २०८० शुक्रबार २१:५५, काठमाडौँ

श्रीलंका क्रिकेट बोर्ड (एसएलसी) मा सरकारी हस्तक्षेपपछि अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अनिश्चित समयका लागि निलम्बन गरेको छ। 

आईसीसीको आज बसेको बोर्ड बैठकले एसएलसीमा सरकारको हस्तक्षेपका कारण देखाउँदै तत्कालका लागि निलम्बन गरेको हो। 

एसएलसीले एक सदस्यको रुपमा आफ्नो दायित्वको गम्भीर उल्लघंन गरेको बताएको छ। आफ्नो समस्याहरुको आफै व्यवस्थापन गर्ने, आफ्नो नियम र प्रशासनमा कुनै सरकारी हस्तक्षेप नभएको सुनिश्चित गर्ने आवश्यक्ता भएपनि त्यो पूरा गर्न नसकेको जनाएको छ। 

निलम्बन फुकुवा गर्ने सर्तहरु पनि बोर्डले छिटै निर्णय गर्ने एक विज्ञप्तीमा उल्लेख छ। 

आइसीसीको त्रैमासिक बैठक नोभेम्बर १८ देखि २१ सम्मका लागि अहमदाबादमा तय गरिएको छ। 
तर आइसीसीले एसएलसीको स्थितीलाई सम्बोधन गर्न शुक्रबार अनलाइन बैठक गरेको थियो। 

एसएलसी भित्र प्रशासनदेखि राष्ट्रिय टोलीसम्म सबै क्षेत्रमा श्रीलंका सरकारको हस्तक्षेपबाट आइसीसी बोर्ड चिन्तित रहेको बुझिएको छ। 

आईसीसीले एसएलसीलाई आफ्नो निर्णयका बारेमा जानकारी गराएको र नोभेम्बर २१ मा आइसीसीको बैठकले निर्णय गर्ने जानकारी दिएको छ। 

श्रीलंकाका खेलकुद मन्त्री रोशन रणसिंहेले शाम्मी सिल्भा अध्यक्ष रहेको बोर्डलाई निलम्बन गर्दै ७ सदस्यीयत अन्तरिम समिति गठन गरेका थिए। त्यसपछि उनले पुर्व कप्तान अर्जुना रातुङ्गालाई अन्तरिम समितिको अध्यक्षको जिम्मेवारी दिएका थिए।

यद्यपी अदालतले पुर्व कप्तान अुर्जनाको समितिलाई कार्यालयमा निरन्तरता दिन रोक लगाउने आदेश दिएको थियो। 

आईसीसी विश्वकप २०२३ अन्तर्गत भारतसँग ३ सय ३ रनको विशाल हारपछि खेलकुद मन्त्रीले यस्तो कदम चालेका थिए। 

भारतले दिएको ३ सय ५८ रनको विजयी लक्ष्य पाएको श्रीलंका १९.४ ओभरमा ५५ रनमा अलआउट भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .