ad ad

खेल


एसियन क्रसकन्ट्री रजत पदक विजेता राजपुरालाई जन्मथलोमा ५० हजार नगदसहित सम्मान

एसियन क्रसकन्ट्री रजत पदक विजेता राजपुरालाई जन्मथलोमा ५० हजार नगदसहित सम्मान

सम्मान ग्रहणपछि बुवाका साथमा राजपुरा पछाई


नेपालखबर
कात्तिक २२, २०८० बुधबार ११:२२, काठमाडौँ

एसियन क्रसकन्ट्री रजत पदक विजेता राजपुरा पछाई आफ्नो जन्मथलोमा सम्मानित भएकी छन्। 

राजपुरालाई आफ्नो जन्मथलो जुम्लाको कनकासुन्दी गाउँपालिकाले नेपाली खेलकुदमा पुर्‍याएको योगदान र आफ्नो जन्मथलोको नाम उज्जवल गरेको भन्दै सम्मान गरेको हो। 

तिहारको अवसरमा मंगलबार आयोजित कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष दामोदर आर्चायले नगद ५० हजार रुपैयाँसहित राजपुरालाई सम्मान गरेका हुन्। 

सम्मान पाएपछि राजपुराले भनिन्, ‘आफ्नो जन्मथलोमा सम्मानित हुन पाउँदा एकदमै खुसी लागेको छ। अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी भएर आफ्नो ठाउँ र देशका लागि केही गर्न पाउँदा खुसी लागेको छ। आगामी दिनमा पनि आफूले सकेको मेहनत गरेर अगाडि बढ्नेछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .