ad ad

खेल


मिडफिल्डर ओमप्रकाश धनगढी एफसीमा अनुबन्ध

मिडफिल्डर ओमप्रकाश धनगढी एफसीमा अनुबन्ध

नेपालखबर
कात्तिक २०, २०८० सोमबार १२:११, काठमाडौँ

कैलालीका मिडफिल्डर ओम प्रकाश चौधरी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) का लागि धनगढी एफसीमा आवद्ध भएका छन्। 

सुदूरपश्चिम-११ स्पोर्टस क्लबबाट विभिन्न गोल्डकप खेलेका ओमप्रकाश र धनगढी एफसीका अध्यक्ष सुवाश शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। 

सम्झौतापछि ओमप्रकाशले आफ्नो होम टाउनको क्लबमा आवद्ध हुन पाउँदा खुसी लागेको बताए। उनले भने, ‘पहिलो सिजनको उपविजेता टोलीमा सम्झौता गर्न पाउँदा निकै हर्षित छु। यसपटक टोलीमा पाएको मौकाहरुको पूर्ण सदुपयोग गर्दै टोलीलाई एकस्थान माथि पुर्याउन भूमिका खेल्ने प्रतिबद्धता जनाउँछु। अवसरका लागि टोली सम्पूर्ण टोली व्यवस्थापकलाई धन्यवाद ज्ञापन गर्दछु।’

धनगढी एफसीका अध्यक्ष सुवाश शाहीले मिडफिल्डर ओमप्रकाशलाई स्वागत गर्दै उनको आगमनले टोली थप मजबुद बन्ने प्रतिक्रिया व्यक्त गरे। ‘धनगढी एफसीमा यस सिजन युवा प्रतिभावान मिडफिल्डर ओमप्रकाश चौधरीसँग सम्झौता गर्दा हामी एकदमै उत्साहित छौँ। ठूला प्रतियोगिताहरुमा युवाहरुले एक्सोजर पाउनु आवश्यक ठान्दै र उहाँको प्रतिभाको कदर गर्दै हामीले उहाँलाई भित्र्याएका हौं,’ शाहीले भने। 

क्लबले यसअघि सेनेगल राष्ट्रिय फुटबल टोलीका पूर्वरक्षक फलू डियाग्ने र ओलाआले अफिजलाई अनुबन्ध गरिसकेको छ। 

टोलीको मार्की खेलाडीमा मिडफिल्डर आशिष चौधरी छन्। अक्सनबाट धनगढी एफसीले साइमन लिम्बु, निशान लिम्बु, मिलन राई, सुरेश कुमाल, रन्दीप पौडेल, मनोज राई, कमल श्रेष्ठ, टेकेन्द्र सिंह थापा, देवेन्द्र तामाङ, हेमन्त श्रेष्ठ, अभिषेक गुरुङ, कृतिशरत्न छुन्जु र रामचन्द्र वाजीलाई अनुबन्ध गरिसकेको छ। 

प्रशिक्षकमा भने धनगढी एफसीले युगलकिशोर राईंलाई निरन्तरता दिएको छ। 

नेपाल सुपर लिगको दोस्रो संस्करण आगामी मङ्सिर ८ देखि पौष २१ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा हुँदैछ। धनगढीले पहिलो खेल मंसिर १० गते वीरगञ्ज यूनाइटेडसँग खेल्ने तालिका छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .