ad ad

खेल


आईसीसी टी-२० विश्वकप : उपाधिका लागि आज नेपाल र ओमान भिड्दै

आईसीसी टी-२० विश्वकप : उपाधिका लागि आज नेपाल र ओमान भिड्दै

फाइल तस्बिर


नेपालखबर
कात्तिक १९, २०८० आइतबार ६:३२, काठमाडौँ

आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको उपाधिका लागि आज आइतबार नेपाल र ओमान भिड्दैछन्। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ११ बजेदेखि सुरु हुनेछ। 

सेमिफाइनलमा नेपालले यूएईलाई ८ विकेटले हराउँदै ओमानसँगको भेट पक्का गरेको थियो। 

यता ओमानले भने बहराइनलाई १० विकेटको सानदार जित निकाल्दै उपाधि नजिक पुगेको थियो। 

यसअघि नै सेमिफाइनलका खेल जित्दै नेपाल र ओमान दुवै टोलीले सन् २०२४ मा हुने विश्वकपमा स्थान बनाइसकेका छन्। 

नेपाल र ओमान दुवै टोलीका लागि आजको खेल प्रतिष्ठाको लडाइँ पनि हो। 

यसअघि समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग ५ रनले पराजित हुँदै समूह उपविजेताको रुपमा सेमिफाइनल खेलेको थियो। 

नेपाल आजको खेलमा त्यो हारको बदला लिदै घरेलु मैदानमा उपाधि राख्न चाहान्छ। उता ओमान भने नेपालविरुद्ध पहिलो खेलकै नतिजा दोहोराउने योजनामा हुनेछ। 

नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाइले सेमिफाइनल खेलेको टोलीबाट एक खेलाडी परिवर्तन गर्न सक्नेछन्। चोटका बावजुद पनि सेमिफाइनल खेलेका दिपेन्द्र सिंह ऐरि आजको खेलमा टोली बाहिर रहने सम्भावना छ।

खुट्टाको चोट हुँदा उनले समूह चरणका सबै खेल गुमाएका थिए। तर नेपाली टोली विश्वकपमा छनोट हुन यूएईलाई हराउनै पर्ने दबाबमा हुँदा ऐरि टोलीमा आएका थिए। 

तर आजको खेलमा भने उनी टोली बाहिर हुन सक्छन्। उनको स्थानमा सन्दीप जोरा नै टोलीमा आउने सम्भावना छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .