ad ad

खेल


नेपाललाई विश्वकपमा पुग्न यूएईले दियो १३५ रनको चुनौती

नेपाललाई विश्वकपमा पुग्न यूएईले दियो १३५ रनको चुनौती

तस्बिर : सराेज नेपाल


नेपालखबर
कात्तिक १७, २०८० शुक्रबार १२:४०, काठमाडौँ

कुशल मल्ल र सन्दीप लामिछानेको घातक बलिङमा आइसीसी टी-२० विश्वकप एसिया छनोट फाइनल अन्तर्गत सेमिफाइनलमा यूएईले घरेलु टोली नेपालसामु १ सय ३५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। 

माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३४ रनको योगफल तयार पारेको हो। 

नेपालका लागि कुशल मल्लले तीन विकेट लिए। सन्दीप लामिछानेको नाममा २ विकेट रह्यो। सोमपाल कामी र रोहित पौडेलको नाममा एक-एक विकेट रह्यो। 

कुशलले ३ ओभरमा मात्र ११ रन खर्चे। सन्दीपले ४ ओभरमा १ मेडन राख्दै मात्र १४ रन खर्चे। 

यूएईका लागि सर्वाधिक ६४ रन बनाएका वृत्या अरविन्द कुशल मल्लको बलमा गुल्सन झाको हातबाट क्याच आउट भए। वृत्याले ५१ बलमा ८ चौका र २ छक्का हाने। आयन अफ्जल खान १ रनमा क्याच आउट भए। 

कप्तान रोहित पौडेलले १६ औं ओभरको पाँचौ बलमा अलि अमिर नसिरलाई ४ रन बनाउँदा कुशल भुर्तेलको हातबाट क्याच आउट गराए। 

आलिसान सराफु १६ रन बनाउँदा कुशल मल्लको बलमा सोमपाल कामीको हातबाट क्याच आउट भए। सन्दीप लामिछानेले १० औं ओभरको अन्तिम बलमा आशिफ खानलाई १३ रन बनाउँदा एलबीडब्लु धरापमा पारे। 

तीव्र गतिका बलर सोमपाल कामीले चौथो ओभरमा एक विकेट र एक रन आउट गर्दै यूएईका दुवै ओपनरलाई पवेलियनको बाटो देखाए। 

सोमपालले चौथो ओभरको पहिलो खालिद शाहलाई ३ रनमा रन आउट गराए। त्यही ओभरको चौथो बलमा सोमपालले अर्का ओपनर तथा कप्तान मुहम्मद वसिमलाई करण केसीको हातबाट क्याच आउट गराए। १६ बलमा ३ चौका र २ छक्का हानेका वसिम २६ रनमा क्याच आउट भए। 

बसिल हमिद १ रन बनाउँदा सन्दीप लामिछानेको बलमा गुल्सन झा को हातबाट क्याच आउट हुन पुगे। सन्दीपले १८ औं ओभरमा मेडन विकेट लिए।

यसैबीच यता त्रिवि क्रिकेट मैदानमा भइरहेको अर्को सेमिफाइनलमा बहराइनले ओमानलाई १०७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। 

टस जितेर ब्याटिङ रोजेको बहराइनले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .