ad ad

कला


यी फ्यान जसले रजनीकान्तको सम्मानमा आफ्नै घरमा निर्माण गरे मन्दिर र मूर्ति

यी फ्यान जसले रजनीकान्तको सम्मानमा आफ्नै घरमा निर्माण गरे मन्दिर र मूर्ति

नेपालखबर
कात्तिक १७, २०८० शुक्रबार १२:२३, काठमाडौँ

साउथ सुपरस्टार रजनीकान्तका निकै क्रेजी फ्यानहरु छन्। जो उनका लागि जे गर्न पनि तयार हुन्छन्। 

जब रजनीकान्तको कुनै फिल्म प्रदर्शन हुने तरखरमा हुन्छ, उनका फ्यानहरु रजनीकान्तको पोस्टरमा फूलमालादेखि दूधसम्म चडाउँछन्। 

यसैबीच, रजनीकान्तका फ्यान कार्तिकले तमिलनाडूका मदुरैमा उनको सम्मानमा एक मन्दिर निर्माण गरेका छन्। जहाँ २५० किलोग्रामको उनको मूर्ति स्थापित गरिएको छ। जुन कार्यको अहिले चर्चा भइरहेको छ। 

कार्तिकले आफ्नो घरको एक हिस्सालाई रजनीकान्तको मन्दिर बनाउन दिएका हुन्। रजनीकान्तको भगवानसँग तुलना गर्दै उनको सम्मानमा कार्तिकले घरमै मन्दिर निर्माण गरेको न्यूज एजेन्सी एएनआईले जनाएको छ। 

कार्तिक रजनीकान्तका निकै ठूलो फ्यान हुन्। उनी रजनीकान्तका मात्र फिल्म हेर्छन्, अरु कुनै अभिनेतालाई पछ्याउँदैनन्। उनको परिवारमा भगवानसरह रजनीकान्तको पूजा समेत गरिन्छ।
 

केही समयअघि रजनीकान्तको मूख्य भूमिका रहेको फिल्म ‘जेलर’ रिलिज भएको थियो। जेलरले भारतभरि ६०० करोड भारतीय रुपैयाँ बढीको कलेक्सन गर्दैँ सुपरहिट भयो। हाल रजनीकान्त आगामी फिल्म ‘थलाइवर १७०’ तयारीमा छन्। जसमा उनी अमिताभ बच्चनसँगै देखिँदैछन्।
#WATCH | Tamil Nadu: A fan of actor Rajinikanth built a temple for him and installed a 250 kg idol of Rajinikanth, in Madurai (01/11) pic.twitter.com/pwAahbFdgx

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .