ad ad

खेल


नेपाल उपविजेतामा सीमित, ओमानसँग ५ रनले पराजित

नेपाल उपविजेतामा सीमित, ओमानसँग ५ रनले पराजित

नेपालखबर
कात्तिक १६, २०८० बिहिबार १२:३६, काठमाडौँ

आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलको समूह चरणको अन्तिम खेलमा ओमानसँग पराजित हुँदै नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। 

बिहीबार भएको समूह चरणको अन्तिम खेलमा नेपाल ओमानसँग ५ रनले पराजित हुँदै समूह उपविजेताको रुपमा अन्तिम चारमा पुगेको हो। 

नेपालविरुद्धको जितले ओमान समूह ए को विजेताको रुपमा फाइनलमा पुगेको छ।

ओमानले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा १ सय ४० रन बनाउँदा अलआउट भयो।

ओमानले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४० रन मात्र बनाउन सक्यो। 

विवेक यादवले अन्तिम ओभरमा लगातार ३ छक्का प्रहार गर्दै खेललाई रोमाञ्चक स्थितीमा ल्याएका थिए। 

विवेकले २३ बलमा ५ चौका हान्दै ३९ रन बनाउँदा विलाल खानको बलमा आयान खानको हातबाट क्याच आउट भए। 

घरेलु टोलीलाई कम स्कोरमा रोक्न ओमानका शकिल अहमद, मेहर खान र अकिब इलियासले समान २ विकेट लिए। विलाल खान र जेसन मक्सुदले समान १ विकेट लिए। 

नेपालका लागि ओपनर कुशल भुर्तेलले बनाएको २६ रन नै सर्वाधिक बन्यो। १८ बलमा१ चौका र ३ छक्का हानेका भुर्तेल मेहर खानको बलमा बोल्ड भए। 

सोमपाल कामी, रोहित पौडेल र सन्दीप जोरा समान १२ रनमा पवेलियन फर्के। कुशल मल्ल १० र आशिफ शेख ५ रनमा आउट भए। गुलसन झा ३ र सन्दीप लामिछाने २ रनमा आउट भए। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४५ रनको योगफल तयार पारेको थियो। 

नेपालका लागि करण केसी एक्लैले तिन विकेट लिए। करणले आफ्नो स्पेनलमा ४३ रन दिएर ३ विकेट लिए। 

सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई विकेट लिए। किफायती बलिङ गरेका सोमपालले आफ्नो स्पेलमा मात्र १६ रन खर्चे। सन्दीपले ४ ओभरमा ३० रन दिए। 

गुलसन झा र अविनास बोहोराले समान १ विकेट आफ्नो नाममा गरे। 

लेग स्पिनर सन्दीप लामिछानेले चौधौं ओभरमा लगातार २ विकेट लिर्दै नेपाललाई महत्वपुर्ण सफलता दिलाएका थिए।

सन्दीपले चौधौं ओभरको पहिलो बलमा आयान खानलाई बोल्ड आउट गरे। १८ रन बनाएका आयान खान सन्दीपको बलमा बोल्ड भए। 

सोही ओभरको दोस्रो बलमा मेहन खान सन्दीप कै बलमा एलबीडब्लु धरापमा परे। 

करणले २० औं ओभरको तेस्रो बलमा करिमुल्लह लाई ५ रन बनाउदा सोमपाल कामीको हातबाट क्याच आउट गराए। 

करणले १८ औं ओभरको तेस्रो बलमा नसिम खुसीलाई क्याच आउट गराए। १४ बलमा २ चौका र २ छक्का हानेका उनले २५ रनमा सन्दीप लामिछानेको हातबाट क्याच आउट भए। 

अविनासले पन्र्धौ ओभरको चौथो बलमा कप्तान जेसन मक्सुदलाई विकेट किपर आशिफ शेखको हातबाट क्याच आउट गराए। मक्सुदले २६ बलमा १ चौका र ३ छक्का मद्धतमा ३२ रन बनाएर आउट भए। 

त्यसअघि छैटौँ ओभरको चौथो बलमा सोमपालले शोयब खानलाई शुन्य रनमा नै बोल्ड आउट गरे। 

पाचौं ओभरको अन्तिम बलमा गुलसन झा ले प्रतिक अथभालेलाई २४ रनमा रोहित पौडेलको हातबाट क्याच आउट गराए। 

सोमपाल कामीले चौथो ओभरको पहिलो बलमा अकिब इलियासलाई २ रनमा बोल्ड आउट गरे। अलराउण्डर करण केसीले पहिलो ओभरको पाचौं बलमा कश्यव कुमार प्रजापतिलाई ८ रनमा आउट गरे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .