त्रिकोणात्मक टी २० आई सिरिजमा नेपालले विजयी सुरुआत गरेको छ।
बुधबार भएको खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको हो।
घरेलु मैदानमा सुरु युएईले दिएको १ सय ४१ रनको लक्ष्य नेपालले ७ बल अगावै ३ विकेट गुमाउँदै भेट्टायो।
चौथो विकेटका लागि कप्तान रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीले ९३ रनको साझेदारी गरेपछि नेपालले सहज जित निकालेको हो।
एक समय ८.५ ओभरमा ३–५१ को अवस्थामा रहेको नेपाललाई जिततर्फ अघि बढाएका थिए।
माथिल्लो मुलपानी त्रिकेट मैदानमा टस जितेर नेपालले फिल्डिङ रोजेपछि ब्यााटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४० रनको योतफल तयार पारेको थियो।
नेपालले भोलि बिहीबार हङकङसँग खेल्नेछ।





























66
Shares

प्रतिक्रिया