ad ad

खेल


क्रिकेट : त्रिकोणात्मक सिरिजको ट्रफी सार्वजनिक (तस्बिर)

क्रिकेट : त्रिकोणात्मक सिरिजको ट्रफी सार्वजनिक (तस्बिर)

तस्बिर : सरोज नेपाल


नेपालखबर
असोज ३०, २०८० मंगलबार १७:५०, काठमाडौँ

घरेलु मैदानमा भोलि (बिहीबार)देखि सुरु हुने हङकङ र संयुक्त अरब इमिरेन्ट्स (युएई) सम्मिलित त्रिकोणात्मक सिरिजको ट्रफी सार्वजनिक भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार पत्रकार सम्मेलन गर्दै त्रिकोणात्मक सिरिजको ट्रफी सार्वजनिक गरेको हो। 

सिरिजका लागि युएईको टोली नेपाल आइसकेको छ। 

डबल राउण्ड रोविनमा हुने सिरिजका लागि रोहित कुमार पौडेलको कप्तानीमा नेपाली टोलीको घोषणा भैसकेको छ। सिरिजका लागि सन्दीप लामिछानेलाई बाहिर राख्दा ललित राजवंशी र लोकेश बमले टोलीमा पुनरागमन गरेका छन्। 

सन् २०२२ को मार्चमा घरेलु मैदानमा भएको पपुवा न्युगिनीसँगको सिरिजपछि टोलीमा पुनरागमन गरेका हुन्। लोकेशले आइसिसी विश्वकप टि२० छनोटमा यूएईविरुद्ध अल अमरेतमा २०२२ फेब्रुअरीमा डेब्यू गरेका थिए। 

उता चोटका कारण एशियन गेम्स खेल्ने टोलीबाट बाहिर रहेका ललित राजवंशीले पनि टोलीमा पुनरागमन गरेका छन्। टियु मैदानमा अभ्यास खेलको क्रममा उनको ब्यूटीबोनमा चोट लागेको थियो। 

सन्दीप लामिछानेले ब्यक्तिगत कारण देखाउँदै टोलीबाट नाम फिर्ता लिएका छन्। 

त्रिकोणात्मक सिरिजपछि नेपाली टोलीले घरेलु मैदानमा एसिसी टि–२० विश्वकप छनोट खेल्नेछन्। 
नेपाली टोलीः

रोहित पौडेल (कप्तान), आशिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सन्दीप जोरा, गुलसन झा, सोमपाल कामी, करण केसी, प्रतिश जि।सी, ललित राजवंशी, अविनास बोहोरा, सागर ढकाल, विनोद भण्डारी ९विकेटकिपर०, लोकेश बम, सूर्य तामाङ र श्याम ढकाल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .