ad ad

खेल


भान डाइकको निर्णायक गोलमा ग्रिसविरुद्ध नेदरल्यान्डको कठिन जित

भान डाइकको निर्णायक गोलमा ग्रिसविरुद्ध नेदरल्यान्डको कठिन जित

नेपालखबर
असोज ३०, २०८० मंगलबार १०:१४, काठमाडौँ

लिभरपुलका डिफेन्डर तथा नेदरल्यान्डका कप्तान भर्जिल भान डाइकको निर्णायक गोलमा युरो कप २०२४ को छनोटमा ग्रिसविरुद्ध कठिन जित हासिल गरेको छ। 

सोमबार राति भएको प्रतिस्पर्धामा खेलको इन्ज्युरी समयमा भान डाइकले पेनाल्टीमा गोल गर्दै नेदरल्यान्डलाई जित दिलाएका हुन्। 

डेन्जेल डम्फ्रिजलाई पेनाल्टी बक्समा फाउल गरेपछि नेदरल्यान्डले पेनाल्टी मौका पाएको थियो। जसलाई भान डाइकले खेर जान दिएनन्। 

जितसँगै नेदरल्यान्ड समूह बीको दोस्रो स्थानमा उक्लेको छ। पराजित ग्रिस तेस्रो स्थानमा छ। समान १२ अंक भए पनि ६ खेल खेलेको डच टोली दोस्रो र ७ खेलबाट ग्रिस तेस्रो स्थानमा छ। 

सोही समूहको खेलमा आयरल्यान्डले गिब्राल्टारलाई ४–० को फराकिलो अन्तरले पाखा लगायो। 

अर्को खेलमा शीर्ष स्थानमा रहेको फ्रान्सको ६ खेलमा १८ अंक छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .