ad ad

खेल


विश्वकप छनोट : आज दोस्रो लेगमा भिड्दै नेपाल र लाओस

विश्वकप छनोट : आज दोस्रो लेगमा भिड्दै नेपाल र लाओस

नेपालखबर
असोज ३०, २०८० मंगलबार ७:३६, काठमाडौँ

फिफा विश्वकप २०२६ अन्तर्गत आज (मंगलबार) नेपाल र लाओस एसिया क्षेत्र छनोट प्रारम्भिक चरणको दोस्रो लेगमा भिड्दै छन्। 

खेल साँझ पौने ६ बजेपछि नेसनल स्टेडियममा सुरु हुनेछ।

यसअघि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो लेगमा १/१ को बराबरी गरेका दुवै टोली जित निकाल्दै दोस्रो चरणमा स्थान सुरक्षित गर्न चाहन्छन्। 

घरेलु मैदानमा हुने खेलमा लाओसले अवे गोलको फाइदा लिन पाउने छैन। निर्धारित समयमा खेल बराबरी भए खेलमा ३० मिनेट थप गरिनेछ। थपिएको ३० मिनेटमा पनि बराबरी भए खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइनेछ। 

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले आफूहरु जित्न मैदान उत्रने बताएका छन्। 

मुख्य प्रशिक्षक एनेसले भने, ‘यो खेल नेपाल र मेरो लागि पनि निकै महत्त्वपूर्ण छ। यदि हामीले अगाडि बढ्ने हो भने, हामीले जित्नुपर्छ। हामी लाओससँगको भिडन्तका लागि तयार छौं। हामी आक्रामक फुटबल खेल्नेछौं। हामीले आफैँमा ध्यान केन्द्रित गर्न आवश्यक छ।’

टोलीका कप्तान किरण कुमार लिम्बुले भने, ‘यो खेल हाम्रो लागि निकै महत्वपुर्ण छ, पहिलो खेल निकै निरासाजनक रहेको थियो। हामी राम्रो खेल प्रस्तुत गर्न चाहान्छौँ।’

उता लाओसका प्रशिक्षक कालाया सिसोम्वाङले आफुहरुले अघिल्लो खेलबाट सिकेका धेरै कुरालाई विश्लेषण र अध्ययन गरेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .