ad ad

खेल


लाओसविरुद्ध खेल्ने नेपालको अन्तिम टोली घोषणा

लाओसविरुद्ध खेल्ने नेपालको अन्तिम टोली घोषणा

नेपालखबर
असोज २४, २०८० बुधबार १४:३६, काठमाडौँ

फिफा विश्वकप २०२६ अन्तर्गत एसिया क्षेत्र छनोटमा आलोसविरुद्ध खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। 

टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेले बुधबार विश्वकप छनोट खेल्ने अन्तिम टोलीको घोषणा गरेका हुन्। 

मुख्य प्रशिक्षक एनेसेले २५ सदस्यीय टोलीबाट दुई खेलाडीलाई बाहिर राख्दै २३ सदस्यीय खेलाडी छनोट गरेका हुन्।

२५ सदस्यीय टोलीमा स्थान बनाएका गोलरक्षक अनिष डेउजा र डिफेन्डर छिरिङ लामाले अन्तिम टोलीमा स्थान बनाउन सकेनन्। 

व्यावसायिक लिगका लागि नेपाल बाहिर रहेका गोलरक्षक किरणकुमार लिम्बु, डिफेन्डर रोहित चन्द र मनीष डाँगी टोलीमा सामेल भइसकेका छन्। 

फिफा वरीयतामा लाओस १८६औँ र नेपाल १७५औँ स्थानमा छन्। 

नेपालले भोलि बिहीबार दशरथ रंगशालामा छनोटको पहिलो खेलमा लाओससँग खेल्नेछ। खेल साँझ साढे ५ बजे सुरु हुनेछ। 

नेपाल र लाओसबीचको खेलका लागि साधारण पारापिटतर्फ तीन सय र भीआईपी पारापिटतर्फ पाँच सय रुपैयाँ टिकट तोकिएको छ।

विश्वकप खेल्ने अन्तिम टोली 
गोलरक्षकः किरणकुमार लिम्बु (कप्तान), दीप कार्की, अविशेक बराल

डिफेन्डरः सनिस श्रेष्ठ, अनन्त तामाङ, आशिष गुरुङ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट

मिडफिल्डरः सुदीप गुरुङ, लाकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, कृतिशरत्न छुञ्जु, मनीष डाँगी

फरवार्डः अञ्जन विष्ट, आयुष घलान, जिलेस्पी जंग कार्की, दिनेश हेन्जन, हिसुब थपलिया, सञ्जीव विष्ट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .