ad ad

खेल


प्रशिक्षणका लागि आज नागपुर जाँदै नेपाली क्रिकेट टोली

प्रशिक्षणका लागि आज नागपुर जाँदै नेपाली क्रिकेट टोली

फाइल तस्बिर


नेपालखबर
असोज १९, २०८० शुक्रबार ९:२९, काठमाडौँ

आईसीसी टी २० विश्वकप एसिया क्षेत्र छनोटको प्रशिक्षणका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज आईपीएलको फ्रेन्चाइज टोली राजस्थान रोयल्सको एकेडेमी नागपुरमा जाँदै छ। 

चीनमा जारी १९औँ औं एसियाली खेलकुदमा सहभागी भएर बिहीबार मात्र स्वदेश फर्किएको नेपाली क्रिकेट टोली आज नागपुर जाने भएको हो।

नेपाली टोलीले नागपुरमा १० दिन अभ्यास गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। त्यसपछि क्रिकेट टोली त्रिकोणात्मक सिरिज र विश्वकप छनोट खेल्न नेपाल फर्किनेछ।

आईसीसी टी २० विश्वकप एसिया क्षेत्र छनोट आगामी कात्तिक १३ देखि २० गतेसम्म मूलपानी र त्रिवि क्रिकेट मैदानमा हुँदै छ। समूह एमा नेपालसहित सिंगापुर, ओमान र मलेसिया छन्। समूह बीमा यूएई, बहराइन, हङकङ र कुवेत छन्।

फाइनल पुग्ने दुई टोलीले आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी २० विश्वकप खेल्न पाउनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .