ad ad

बागमती


गोली लागेर घाइते भएकी पूर्वआईजीपी प्रधानका पीएसओ चौधरीकी पत्नीको मृत्यु

गोली लागेर घाइते भएकी पूर्वआईजीपी प्रधानका पीएसओ चौधरीकी पत्नीको मृत्यु

प्रतिकात्मक तस्बिर


नेपालखबर
असोज १९, २०८० शुक्रबार ९:५५, काठमाडौँ

निवासभित्रै गोली लागेर घाइते भएकी पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) ध्रुवबहादुर प्रधानका निजी सुरक्षा अधिकारी अर्थात् पीएसओ (पर्सनल सेक्युरिटी अफिसर) लक्ष्मण चौधरीकी पत्नीको मृत्यु भएको छ।

असई चौधरीकी पत्नी २९ वर्षीया शर्मिला चौधरीको उपचारका क्रममा बिहीबार साँझ मृत्यु भएको हो। 

गत बुधबार साँझ महाराजगन्जस्थित निवासमा ‘दुर्घटनावश’ पेस्तोल पड्केर गोली लाग्दा शर्मिला गम्भीर घाइते भएकी थिइन्।

तत्काल उद्धार गरी त्रिवि शिक्षण अस्पताल (महाराजगन्ज) पुर्‍याइएकी शर्मिलाको उपचारका क्रममा बिहीबार साँझ ५ बजे मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआजी कुवेर कडायतले नेपालखबरलाई जानकारी दिए।

त्यस दिन डिउटी सकेर घर फर्किएका श्रीमान् लक्ष्मणकै पेस्तोल पड्केर शर्मिलालाई गोली लागेको थियो। प्रहरीले पेस्तोल ‘दुर्घटनावश पड्केको’ भनेको छ। 

प्रहरीका अनुसार असई चौधरी दम्पतीको घर बाराको कलैया नगरपालिका वडा नम्बर ४ हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .