ad ad

खेल


पीएसजीविरुद्ध न्यु क्यासलको सानदार जित

पीएसजीविरुद्ध न्यु क्यासलको सानदार जित

नेपालखबर
असोज १८, २०८० बिहिबार ७:२२, काठमाडौँ

न्यु क्यासल युनाइटेडले च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्ध सानदार जित दर्ता गरेको छ। 

बुधबार राति घरेलु मैदान सेन्ट जेम्स पार्कमा भएको भएको न्यु क्यासलले पीएसजीलाई ४–१ को फराकिलो अन्तरले हराएको हो। 

फ्रेन्च च्याम्पियनहरु केलियन एमबाप्पेलगायत सुपरस्टार खेलाडीले भरिएको पीएसजी न्युक्यासलको घरेलु मैदानमा निहिर देखियो। 

सन् २००३ को मार्चमा बार्सिलोनासँग २–० को हारपछि युरोपको एलिट प्रतियोगितामा न्युक्यासलले पहिलो घरेलु खेलमा ठुलो जितको हकदार बनेको हो। 

खेलको १७औं मिनेटमा मिगुएल अल्मिरोनको गोलमा न्युक्यासलले सुरुआती अग्रता बनाएको थियो। ३९औं मिनेटमा ड्यान बर्नको उत्कृष्ट हेडरमा अग्रता दोब्बर पार्‍यो। तर यो गोलको खुसीयाली मनाउनुअघि अफसाइडको संकेट भएपछि भिडिओ सहायक रेफ्री जाँचका लागि पर्खनु परेको थियो।

खेलको ५०औं मिनेटमा सेन लङस्टाफको शक्तिशाली प्रहार पीएसजीका गोलरक्षकले रोक्न सकेनन्।

खेलमा ३–० ले पछि परिसकेको पीएसजीका लागि ५६औं मिनेटमा लुकास हर्नान्डेजले गोल गर्दै  टोलीलाई खेलमा फर्काउने संकेत गरेका थिए। 

तर इन्ज्युरी समयमा स्विस सेन्टर ब्याक फेबियन स्कारले गोल गर्दै टोलीलाई ४–१ को अवस्थामा ल्याए। 

समूह चरणको पहिलो खेलमा एसी मिलानसँग बराबरी गरेको न्युक्यासल पीएसजीविरुद्धको जितसँगै ४ अंकमा समूह एफको शीर्ष स्थानमा छ। पीएसजी ३ अंकमा दोस्रो स्थानमा रहँँदा एसी मिलान २ अंकमा तेस्रो र वर्नमाउथ डर्टमुन्ड १ अंकमा पुछारमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .