ad ad

खेल


नेमारले जर्सी नम्बर २४ इसारा गर्दै आफ्नो गोल कोबे ब्रायन्टलाई समर्पित गरे

नेमारले जर्सी नम्बर २४ इसारा गर्दै आफ्नो गोल कोबे ब्रायन्टलाई समर्पित गरे

नेपालखबर
माघ १३, २०७६ सोमबार १२:३९,

उनले गोलपछि मौन बसेर औंलाले इसारा गरेका थिए २ र ४।

यसको अर्थ नेमारले बास्टेकबलका स्टार कोबे ब्रायन्टलाई उक्त गोल समर्पित गरेका थिए।

अधिकांश समय कोबे ब्रायन्टले २४ नम्बरको जर्सी लगाएर लेकर्सबाट खेले उनले पाँचपटक एनबीए जिते।

तर आइतबार हेलिकप्टर दुर्घटनामा कोबेको निधन भयो। ४१ वर्षका कोबे बास्केटबलका महान खलाडी मानिन्छन्।

Image result for kobe and neymar\

आइतबार जब नेमारको पीएसजी र लिले लिग वानमा भिडिरहेका थिए। सोही समयमा कोबे ब्रायन्ट सवार हेलिकप्टर दुर्घटनामा परेको थियो।

जब हाफ टाइम भयो नेमार यस खबरले स्तब्ध भए। खेलको २८ औं मिनेटमा नेमारले सुरुवाती गोल गरिसकेका थिए।

खेलको ५२ औं मिनेटमा नेमारले पेनाल्टी हान्ने मौका पाए। नेमारले जब पेनाल्टीमा गोल गरे। उनले खुशी मनाएनन्। उनी मौन बसे र उक्त गोल कोबेलाई समर्पित गरे।

Image result for kobe and neymar

नेमार भन्छन्,‘जब हाफ टाइममा म ड्रेसिङ रुम छिरे। सामाजिक सन्जालमा उनको निधनको समाचारले म स्तब्ध भए। बास्केटबलका फ्यानमात्र होइन पुरा खेल जगत यो समय शोकमा डुबेको छ।’

‘मैले मौन बस्नु र गोलपछि २४ इसारा गर्नु कोबेको सम्मानको लागि थियो।’ नेमारले भने।

भिडियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .