ad ad

खेल


एसियाड : भारतविरुद्ध पहिले बलिङ गर्दै नेपाल

एसियाड : भारतविरुद्ध पहिले बलिङ गर्दै नेपाल

फाइल तस्बिर


नेपालखबर
असोज १६, २०८० मंगलबार ६:३०, काठमाडौँ

चीनको हाङजाओमा जारी १९ औं एसियन गेम्स अन्तर्गत टि २० क्रिकेटमा भारतविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ। 

झेझियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा भारतले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो। 

नेपाल रोहित पौडेलको कप्तानीको मैदान उत्रदैछ। भारतीय टोलीको कप्तानी भने ऋुतुराज गायकवाडले गर्दैछन्। 

इन्डियन प्रिमियर लिग (आइपीएल) का स्टार खेलाडीले भरिएको भारत एसियाडमा उपाधि दावेदार टोली हो। नेपाल बलियो टोली भारतलाई हराउँदै अन्तिम चारमा स्थान पक्का गर्न चाहान्छ। 

टी २० आईमा नेपाल र भारत पहिलो पटक भिड्न लागेका हुन्। 

एसियाडमा भारतले सिधै क्वार्टरफाइनल खेल्न लागेको हो। यता नेपालले भने समूह ‘ए’ को पहिलो खेलमा मंगोलिया विरुद्ध २ सय ७३ रनको कीर्तिमानी जित निकालेको थियो। दोस्रो खेलमा नेपालले मालदिभ्सलाई १ सय ३८ रनले हराएको थियो। 

दोस्रो क्वार्टरफाइनलमा आज नै पाकिस्तान र हङकङ भिड्नेछन्। श्रीलंका र अफगानिस्तान तथा बंगलादेश र मलेसिया बुधबार खेल्नेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .