चीनको हाङजाओमा जारी १९ औं एसियाली खेलकुदमा नेपालको राष्ट्रिय महिला भलिबल टोलीले लगातार दोस्रो हार व्यहोरेको छ।
सोमबार हाङजाओ नर्मल युनिर्भसिटीको जिम्न्यासियममा भएको खेलमा नेपाली टोली कोरियासँग ३–० को सोझो सेटमा पराजित भएको हो। यो पराजयसँगै नेपाली टोली समूह चरणबाटै बाहिरिएको छ।
पहिलो सेट २५–२१ ले गुमाएको नेपालले दोस्रो सेट २५–१४ ले गुमाउन पुग्यो। तेस्रो तथा अन्तिम सेट पनि २५–११ ले कोरियालाई सुम्पदै नेपाल समूह चरणबाट नै बाहिरिएको हो।
यसअघि भएको समूह चरणको पहिलो खेलमा नेपाल भियतनामसँग सोझो सेटमा नै पराजित भएको थियो।
समूह ‘सी’ बाट अपराजित भियतनाम शीर्ष र कोरिया दोस्रो र नेपाल तेस्रो स्थानमा रहे।
असोज १५, २०८०, साेमबार
135
Shares
प्रतिक्रिया