ad ad

खेल


बलात्कार अभियोग लागेका श्रीलंकाली क्रिकेटर दानुष्काले अदालतबाट पाए सफाइ

बलात्कार अभियोग लागेका श्रीलंकाली क्रिकेटर दानुष्काले अदालतबाट पाए सफाइ

नेपालखबर
असोज ११, २०८० बिहिबार २०:१७, काठमाडौँ

अस्ट्रेलियामा भएको टी–२० विश्वकपका क्रममा एक महिलालाई बलात्कार गरेको आरोप लागेका श्रीलंकाका क्रिकेटर दानुष्का गुणतिलकालाई अदालतले सफाइ दिएको छ।

३२ वर्षीया दनुष्का गुणतिलाकाविरुद्ध गत वर्ष नोभेम्बरमा टिन्डर डेटमा एक महिलालाई आफ्नै घरमा यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो।

उनले महिलालाई यौनसम्पर्कका बेला जानकारी नदिई कण्डम निकालेको आरोप लागेको थियो।

बीबीसीका अनुसार अस्ट्रेलियाको न्यु साउथ जिल्ला अदालतमा चारदिने सुनुवाइका क्रममा उजुरी गर्ने महिलाले आफूले क्रिकेटरसँग सुरक्षित सम्बन्ध राख्न भनेको बताइन्। 

महिलाले दानुष्काले आफूलाई जबर्जस्ती यसरी चुम्बन गरे कि निसासिएर झन्डै प्राण गएको आरोप पनि लगाएकी थिइन्। 

तर, दनुष्काले आफूविरुद्ध लागेका आरोप अस्वीकार गरेका छन्। उनका वकिलले अदालतमा महिलाले बेलाबेला कुरा फेरेको तर्क गरेका थिए। 

अदालतले क्रिकेटर दनुष्काले प्रहरीसमक्ष साँचो बयान दिएको स्वीकार गरेको छ भने उता उजुरीकर्ताले भने आफ्नो बयानमा दुई किसिमका कुरा गरेकी थिइन्। 

श्रीलंकाका लागि ८ टेस्टसहित १०० खेल खेलेका दानुष्का गुणतिलका बलात्कार आरोपमा पक्राउ परेपछि टोलीबाट निलम्बन भएका थिए। 

अदालतबाहिर उनले भने, ‘यो फैसलाले सबै कुरा बताउँछ। मेरो जीवन फेरि सामान्य हुनेमा म खुसी छु। अब म फेरि क्रिकेट खेल्न आतुर छु।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .