ad ad

खेल


नेपाललाई हराउँदै भारत फाइनलमा (तस्बिरहरु)

नेपाललाई हराउँदै भारत फाइनलमा (तस्बिरहरु)

टाइब्रेकरमा गोल गर्नबाट चुकेपछि नेपाली खेलाडी। तस्बिर : सरोज नेपाल


नेपालखबर
असोज १०, २०८० बुधबार १९:४५, काठमाडौँ

साफ यू-१९ च्याम्पियनसिपको उपाधिका लागि पाकिस्तान र भारत भिड्ने भएका छन्। 

त्रिपुरेश्वरस्थित दररथ रंगशालामा बुधबार भएको दोस्रो सेमिफाइनलमा घरेलु टोलीलाई टाइब्रेकरमा पराजित गर्दै भारत फाइनलमा पुगेको हो। 

नेपालका आश्विन घोरासैनी, कुशल देउवाले गोल गरे। विक्रम तामाङको प्रहार आकाशियो।लक्षु थापाको प्रहार क्रसबारमा लाग्दै बाहिरियो। प्रशान्त लक्सनको प्रहार भारतिय गोलरक्षक लियोनल डेरेलले बचाए। 

भारतका अर्जुन सिंह, गोगोम्सर गोयरी, मांगिलेतम किपगेमले गोल गरे। 

रिक्की मितेयीको प्रहार बारमा लाग्दै बाहिरियो। दिनेश सिंहको प्रहार नेपालका गोलरक्षक जियारथ सिंहले बचाए। 

खेलको निर्धारित समयम १–१ को बराबरी भएपछि खेल टाइब्रकेरमा धकेलिएको थियो। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो हाफमा १–० ले पछि परेको नेपाल दोस्रो हाफमा खेलमा फर्किएको थियो। 

खेलको २६ औं मिनेटमा शाहिल खुर्सिदको गोलमा भारतले सुरुवाती अग्रता बनायो। नेपालका गोलरक्षकको गल्तीको फाइदा उठाउँदै शाहिलले बललाई पोष्टको गति दिए। 

३२ औं मिनेटमा कुशल देउवाको प्रहार सिधै भारतिय गोलरक्षकको हातमा पुग्यो। पहिलो हाफको इन्ज्युरी समयमा कुशल देउवाको कर्नर समिर तामाङको हेडर फष्टबारबाट बाहिरिदा नेपालले बराबरी गर्ने मौका गुमायो। 

खेलको ४७ औं मिनेटमा निराजन धामीको प्रहार पोष्टमा लागेर फर्कियो। 

५६ औं मिनेटमा राजा हरिजनले ह्याण्ड गरेपछि नेपालले फ्रिकीक मौका पाएको थियो। खेलको ५९ औं मिनेटमा प्रशान्त लक्समको फ्रिकीक पोष्ट माथिबाट आकाशियो। 

खेलको ७४ औं मिनेटमा दीपक थापामगरको असिस्टमा समिर तामाङको हेडर गोलमा नेपाल खेलमा फर्किएको हो। 

खेलको ७८ औं मिनेटमा नाओबा मेथीईको लङ प्रहर नेपालका गोलरक्षक जियारथ शेखले पञ्च गर्दै क्लियर गरे। 

आजै भएको पहिलो सेमिफाइनलमा पाकिस्तानले भुटानलाई टाइब्रेकरमा नै पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। फाइनल खेल शनिबार हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .