खेल


महिला भलिबल टोली एसियाडमा भाग लिन हाङझाओतर्फ

महिला भलिबल टोली एसियाडमा भाग लिन हाङझाओतर्फ

चीनतर्फ लागेको नेपाली महिला भलिबल टोली


नेपालखबर
असोज १०, २०८० बुधबार १३:३, काठमाडौँ

हाङझाओ एसियाडमा सहभागी हुन नेपाली राष्ट्रिय महिला भलिबल टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ। 

महिला भलिबल टोलीले पहिलो पटक एसियाडमा सहभागिता जनाउन लागेको हो। एसियाडमा नेपाली टोली दक्षिण कोरिया र भियतनाम रहेको समुह सी मा रहेको छ। 

एसियाली वरीयतामा कोरिया चौथो र भियतनाम छैटौं स्थानमा छन्। नेपालले भलिबल इतिहासमा सबैभन्दा शीर्ष वरीयताको टोलीसँग पहिलो पटक खेल्न लागेको हो। नेपाल ८७ औँ वरीयतामा छ।  

समुह चरणको पहिलो खेलमा नेपालले शनिबार भियतनामसँग खेल्नेछ। खेल डेकिङ स्र्पोट्स सेन्टर जिम्न्यासियममा हुनेछ। दोस्रो खेलमा दक्षिण कोरियासँग सोमबार खेल्नेछ।

दोस्रो खेल हाङझाओ नर्मल युनिर्भसिटी क्याङक्वीन जिम्न्यासियममा हुनेछ। 

यसअघि घरेलु मैदानमा भएको काभा महिला भलिबल च्यालेन्ज कपमा टोलीबाहिर रहेकी ओपनर स्पाइकर प्रतिभा मालीले एसियन कप खेल्ने टोलीमा पुनरागमन गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad