खेल


ट्रायाथलन टोली हाङझाउ प्रस्थान

ट्रायाथलन टोली हाङझाउ प्रस्थान

नेपालखबर
असोज ९, २०८० मंगलबार १६:३१, काठमाडौँ

चाईनाको हाङझाउमा जारी १९ औं एशियाली खेलकुदमा सहभागी हुन नेपाली ट्रायाथलन टोली हाङ्गझाउ प्रस्थान गरेको छ।

ट्रायाथलनमा नेपालले ब्यक्तिगत र मिक्स रिलेमा प्रतिस्पर्धा गर्नेछ। 

नेपाली टोलीमा टिम ब्यवस्थापकमा संघका महासचिव युवराज सुनुवार, प्रशिक्षकमा शुभ श्रेष्ठ र खेलाडीहरुमा श्रेवी महर्जन, युस्का महर्जन, मौलिक महर्जन र वशन्त थारु छन्। 

श्रेवी, मौलिक र वसन्तले ब्यक्तिगत र मिक्स रिलेमा प्रतिस्पर्धा गर्दा युस्काले मिक्स रिलेमा नेपालको प्रतिनिधित्व गर्नेछन्। 

वसन्त थारु बाहेक अन्य खेलाडीहरुको एशियन गेम्समा पहिलो अनुभव रहेको छ। वसन्त थारुले दक्षिण एशियाली खेलकुदमा नेपालका लागि पदक दिलाईसकेका छन् भने यस अघि कोरियामा आयोजना भएको इनचोन एसियन गेम र ईडोनेसियामा भएको जाकार्ता एसियन गेम्समा सहभागिता जनाईसकेका छन्। 

ट्रायाथलनका खेलहरू १९ गते शुक्रबारबाट सुरु हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad