ad ad

खेल


विश्वकप क्रिकेट विजेता टोलीले कति रुपैयाँ पाउँछ?

विश्वकप क्रिकेट विजेता टोलीले कति रुपैयाँ पाउँछ?

नेपालखबर
असोज ६, २०८० शनिबार ६:३९, काठमाडौँ

विश्वकप क्रिकेट जित्ने टोलीले कति पुरस्कार राशि पाउँछ?

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् अर्थात् आईसीसीले यसबारे जानकारी दिएको छ।

आईसीसीले विजेता टोली र अन्य टोलीलाई पुरस्कार राशि दिने घोषणा गरेको छ।

आईसीसीले जारी गरेको विज्ञप्तिअनुसार विजेता टोलीलाई ट्रफीसँगै ४० लाख डलर अर्थात् नेपाली रुपैयाँ ५३ करोड ५ लाख ४५ हजार ६ सय  पुरस्कार दिइनेछ।

यस्तै उपविजेता टोलीका लागि २० लाख डलर अर्थात् २६ करोड ५२ लाख ७२ हजार ८ सय रुपैयाँ विनियोजन गरिएको छ।

त्यसैगरी प्रतियोगिताको सेमिफाइनलमा पराजित दुई टोलीलाई ८–८ लाख डलर अर्थात् नेपाली १० करोड ६१ लाख ९ हजार १ सय २० रुपैयाँ दिइनेछ।

यस्तै समूह चरणबाट बाहिरिने प्रत्येक ६ टोलीलाई १ लाख डलर अर्थात् १ करोड ३२ लाख ६३ हजार ६४० रुपैयाँ दिइनेछ।

समूह चरणमा जितेका प्रत्येक टोलीलाई ४० हजार डलर अर्थात् ५३ लाख ५ हजार ४५६ रुपैयाँ पुरस्कार दिइनेछ।

उक्त प्रतियोगितामा कूल १ करोड डलर अर्थात् १ अर्ब ३२ करोड ६३ लाख ६४ हजार रुपैयाँ पुरस्कार वितरण गरिने छ।

१३औँ संस्करणको विश्वकप क्रिकेट प्रतियोगितामा १० देश सहभागी हुनेछन्।

अक्टोबर ५ मा सुरु हुने यस प्रतियोगिताको फाइनल खेल नोभेम्बर १९ मा भारतस्थित अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .