ad ad

खेल


डुनिथ र चरिथ चम्किँदा सस्तैमा समेटियो भारत, श्रीलंकालाई २१४ रनको लक्ष्य

डुनिथ र चरिथ चम्किँदा सस्तैमा समेटियो भारत, श्रीलंकालाई २१४ रनको लक्ष्य

नेपालखबर
भदौ २६, २०८० मंगलबार १९:५२, काठमाडौँ

एसिया कप क्रिकेटमा सुपर ४ अन्तर्गत साविक विजेता श्रीलंकाले भारतलाई २१३ रनमा अलआउट गरेको छ। टस जितेर पहिले ब्याटिङ थालेको भारतले ५ बल बाँकीछँदा अलआउट हुनुअघि २१३ रन बनाएको हो।

भारतका लागि कप्तान रोहित शर्माले अर्धसतक बनाए पनि अन्य ब्याटरले उल्लेख्य रन बटुल्न सकेनन्। रोहितले ७ चौका र २ छक्काको मद्दतमा ५३ रन जोडे। 

श्रीलंकाका लागि डुनिथ वेलालजले महत्वपुर्ण ५ विकेट लिँदा चरित असालान्काले ४ विकेट हात पारे। डुनिथले १० ओभरमा ४० रन खर्चिएर ५ विकेट हात पारेका हुन्। महेश थेक्षानाले अन्तिम विकेटका रुपमा अक्षर पट्टेललाई क्याच आउट गरे। 

अघिल्लो दिन मात्रै पाकिस्तानविरुद्ध कीर्तिमानी जित हात पारेको भारतका ब्याटर श्रीलंकासामु भने क्रिजमा टिक्नै सकेनन्। 

भारतका लागि केएल राहुलले ३९, इसान किसानले ३३ र ओपनर शुभमन गिलले १९ रन बनाए। अक्षर पट्टेलले १० औं विकेटका लागि २६ रन बनाए। 

पाकिस्तानविरुद्ध १२२ रनको नटआउट पारी खेलेका विराट कोहली ३ रनमै पेवेलियन फर्किए। हार्दिक पाण्ड्या र जसप्रित बुम्राह समान ५ रनमा आउट हुँदा रबिन्द्र जडेजाले मात्रै ४ रन जोड्न सके। कुलदिप यादव पहिलो बलमै पेवेलियन फर्किए। 

आजको खेल जिते भारत अन्तिम खेल अघि नै एसिया कपको फाइनलमा पुग्ने छ। श्रीलंकाको पनि यो खेल जिते फाइनलमा पुग्ने सम्भावना बलियो हुने छ। सुपर ४ का अन्तिम चरणका खेलमा भारत र बंगलादेश तथा पाकिस्तान र श्रीलंका भिड्ने छन्। 

बंगलादेश भने भारतसँग भिड्नु अघि नै बाहिरिने निश्चित भइसकेको छ। आजको खेलमा भारत विजयी भए श्रीलंका र पाकिस्तानबिचको विजेतासँग फाइनलमा भिड्ने छ। 

श्रीलंकाले २१४ रनको लक्ष्यसहित केहीबेरमा जवाफी ब्याटिङ थाल्ने छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .