श्रीलंकामा जारी एसिया कप अन्तर्गत पाकिस्तानविरुद्ध भारतका विराट कोहली र के एल राहुलले शतक पूरा गरेका छन्।
राहुलले १ सय बलमा सय रन पूरा गरेका हुन्। उनले १० चौका र २ छक्का प्रहार गरे।
यस्तै, कोहलीले ८४ बलमा ६ चौका र २ छक्काको मद्धतमा शतक पूरा गरेका हुन्।
वर्षाका कारण आइतबार २४.१ ओभरमा रोकिएको खेल सोमबार पनि ढिला गरी सुरु भएको हो।
ओपनर रोहित शर्माले ४८ बलमा ६ चौका र ४ छक्काको मद्धतमा ५६ रन जोडे भने ५२ बलको सामना गरेका सुभमन गिलले १० चौकाको मद्धतमा ५८ रन जोडे।
भारतले पाकिस्तानलाई विशाल रनको लक्ष्य प्रस्तुत गर्दैछ।
87
Shares
प्रतिक्रिया