ad ad

समाज


तेजाबविरुद्ध कानुन ल्याएकोमा धन्यवाद दिँदै ओलीलाई पीडितले भने : उपचार सहज बनाइदिनूहोस्

तेजाबविरुद्ध कानुन ल्याएकोमा धन्यवाद दिँदै ओलीलाई पीडितले भने : उपचार सहज बनाइदिनूहोस्

तेजाव आक्रमणपीडितहरुसँग एमाले अध्यक्ष केपी ओली। तस्बिर : दिनेश भण्डारी


नेपालखबर
भदौ २५, २०८० सोमबार १८:४९, काठमाडौँ

जलन पीडितहरूले औषधि उपचारमा सहज हुनेगरी आवश्यक परिचय पत्रको व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन्।

आइतवार एमालेले ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सो कानुन सार्वजनिक गरेको दिनको स्मरणमा आयोजित कार्यक्रममा बोल्दै पीडितहरुले तेजावबिरुद्ध कडा कानून ल्याएकोमा तत्कालीन केपी ओली नेतृत्वको सरकारप्रति आभार व्यक्त गरेका हुन्।

केपी ओली नेतृत्वको तत्कालीन सरकारले २०७७ साल भदौ २५ गते नेपालमा तेजावबिरुद्धको कडा कानून बनाएकोमा खुशी व्यक्त गर्दै पीडितहरुले सो सरकारलाई धन्यवाद दिए।

पीडित मुस्कान खातुनले आफूहरुले भेटेको १५ दिन भित्र तेजाव आक्रमणबिरुद्ध कडा कानून ल्याएको भन्दै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आभार गरिन्। उनले आफूहरुलाई औषधि उपचारमा सहज हुनेगरी आवश्यक परिचय पत्रको व्यवस्था गरिदिन पनि सरकारसँग माग गरिन्।

खातुनले भनिन्, ‘हामीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेका थियौं। तेजावबिरुद्ध कानूनको पनि कुरा गरेका थियौं। मलाई पूरै विश्वास थियो कि उहाँले कानून लिएर आउनु हुन्छ। र, हाम्रो कुरा छिट्टै सुनेर १५ दिन भित्र नै भदौं २५ गते कानून पनि आयो। त्यसले मलाई अत्यन्तै धेरै खुशी लाग्यो। त्यो कानुन अत्यन्तै राम्रो कानुन पनि आएको छ। यो कानून आयएता तेजाब आक्रमणको घटना अलि कम नै देखिएको छ।’

उनले थपिन्, ‘अहिले पनि हामीले अवार्नेस कार्यक्रम अहिले पनि गाउँघरमा गर्न एकदमै जरुरी छ। कानून आयो, हामीलाई धेरै प्रकारको सुविधा पनि भयो। हामीलाई परिचय पत्र दिएर त्यसै अनुसार औषधिको व्यवस्था गरिदिए हुन्थ्यो। यो कानून बनाउनु भएकोमा हाम्रो बालाई धेरै धन्यवाद भन्न चाहन्छु। उहाँले हाम्रो पीडा सुनेर १५ दिन भित्र नै कानून ल्याउनु भनेको एकदमै ठूलो काम हो।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद समेत रहेकी तेजाव आक्रमण पीडित विन्दबासिनी कंसाकारले तेजाव बिरुद्ध कडा कानून बनाउने काम गरेको भन्दै ओली नेतृत्वको तत्कालिन सरकारलाई धन्यवाद दिइन्। उनले सो कानुनको कार्यान्वयन गर्न भने सरकारलाई सचेत गराइन्। उनले आफूले पनि सांसदको रुपमा र आफ्नो पार्टीले पनि सो कानूनको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरिन्।

उनीहरुले जलन पीडित सबैलाई उत्तिकै साथ दिन पनि सरकारलाई आग्रह पनि गरेका छन्। जलन पीडित जेनी खड्काले तेजाव आक्रमणलाई मात्र नभई जलन पीडित सबैलाई समान व्यवहार गरिदिन आग्रह गरिन्। उनले आफूहरुका लागि औषधि उपचारमा सहज हुने गरी आवश्यक व्यवस्था पनि मिलाउनुपर्ने बताइन्।

केपी ओली नेतृत्वको सरकारले पीडितहरुसँग छलफल गरी २०७७ साल भदौ २५ गते अर्थात् आजनै दिन तेजाव आक्रमणबिरुद्ध कडा कानून निर्माण गरेको थियो। सोही दिनलाई एमालेले तेजाव आक्रमणबिरुद्ध जागरण दिवसको रुपमा मनाउने अभियान अन्तरगत पीडितहरुलाई भेला गरी उनीहरुको गुनासो सुनुवाई गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .