ad ad

खेल


आशिफको अर्धशतकमा भारतविरुद्ध नेपालको सम्मानजनक प्रदर्शन, दियो २३१ रनको लक्ष्य

आशिफको अर्धशतकमा भारतविरुद्ध नेपालको सम्मानजनक प्रदर्शन, दियो २३१ रनको लक्ष्य

नेपालखबर
भदौ १८, २०८० सोमबार १९:५२, काठमाडौँ

एसिया कप क्रिकेटमा नेपालले भारतविरुद्ध सम्मानजनक प्रदर्शन गरेको छ।

सोमबार श्रीलंकाको कान्डीस्थित पालकेले क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतलाई २३१ रनको चुनौती दिएको हो।

१० बल बाँकी हुँदा अलआउट भएको नेपालले २३० रन बनायो। 

पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले ९.५ ओभरमा ६५ रनको साझेदारी गर्दै नेपाललाई सानदार सुरुवात दिलाएका थिए। 

ओपनर कुशल भुर्तेल ३८ रनमा सार्दुल ठाकुरको बलमा विकेट किपर इशान किसानको हातबाट क्याच आउट भए।

२५ बलको सामना गरेका कुशलले ३ चौका र २ छक्का प्रहार गरे। पावर प्ले मा नेपालले एक विकेटको क्षतिमा ६५ रन बनाएको थियो। 

९७ बलको सामना गरेका आशिफले ८ चौका मद्दतमा ५८ रन बनाउँदा मोहम्मद सिराजको बलमा विराट कोहलीको हातबाट क्याच आउट भए। 

गुलसन झाले २३ रन थपे। ३५ बलको सामना गरेका गुलसन ३ चौका प्रहार गर्दा सिराजकै बलमा इसान किसानको हातबाट क्याच आउट भए। 

सातौं विकेटका लागि अलराउण्डर दिपेन्द्र सिंह ऐरि र तिव्र गतिका बलर सोमपाल कामीले ५० रनको साझेदारी गरे। दिपेन्द्र २९ रन बनाउँदा रविन्द्र जडेजाको बलमा एलबीडब्लु धरापमा परे। 

२५ बलको सामना गरेका दिपेन्द्रले ३ चौका हाने। 

आठौं विकेटका लागि सोमपाल कामी र सन्दीप लामिछानेले ३४ रनको साझेदारी गरे। सोमपाल भारतविरुद्ध अर्धशतक नजिक पुगेर आउट भए।

५६ बलमा १ चौका र २ छक्का हानेका सोमपाल मोहम्मद सामीको बलमा विकेट किपर इशान किसानको हातबाट क्याच आउट भए। 

सन्दीप लामिछाने ९ रनमा रनआउट भए। करण केसीसँग तालमेल नमिल्दा सन्दीप रनआउट हुन पुगेका थिए। तेस्रो क्रममा आएका भीम सार्की ७ रनमा रविन्द्र जडेजाको बलमा बोल्ड आउट भए। रोहित पौडेल ५ तथा कुशल मल्ल २ रनमा क्याच आउट भए।

करण केसी २ रनमा नटआउट रहे। ललित रावंशी शून्यमै बोल्ड भए।

भारतका रविन्द्र जडेजा एक्लैले तिन विकेट लिए। १० ओभर बलिङ गरेका जडेजाले ४० रन खर्चे। 

मोहम्मद सिराजले तिन विकेट आफ्नो नाममा गरे। सार्दुल ठाकुर, हार्दिक पाण्डेय र मोहम्मद सामीले समान १/१ विकेट झारे। कुलदिप यादवले १० ओभरमा २ मेडन राख्दै ३४ रन खर्चिदा विकेटविहीन रहे। 

भारतले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .