ad ad

खेल


भारतविरुद्ध ओपनर आशिफको ऐतिहासिक अर्धशतक

भारतविरुद्ध ओपनर आशिफको ऐतिहासिक अर्धशतक

आशिफ शेख


नेपालखबर
भदौ १८, २०८० सोमबार १७:९, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आशिफ शेखले भारतविरुद्ध ऐतिहासिक अर्धशतक पूरा गरेका छन्।

एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत भारतविरुद्ध आशिफले २७.२ ओभरमा अर्धशतक पूरा गरेका हुन्। आशिफले ८८ बलमा ७ चौका हाने।  

वान डे क्रिकेटमा आशिफको यो दशौं अर्धशतक हो, आशिफले ओडीआईमा सर्वाधिक १ सय १० रन हानेका छन्। 

भारतविरुद्ध अर्धशतक हान्ने आशिफ पहिलो खेलाडी हुन्। सिनियर क्रिकेटमा नेपाल र भारत पहिलो पटक आमनेसामने भएका हुन्। 

पहिलो विकेटका लागि आशिफ शेख र कुशल मल्लले ९.५ ओभरमा ६५ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए। 

नेपालले २८ ओभरको समाप्तीमा ४ विकेट गुमाउँदै अहिले ११९ रन बनाएर खेलिरहेको छ। क्रिजमा आशिफ ५० र गुलसन झा ८ रनमा नटआउट छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .